२०८२ असार ६ गते शनिवार

घोराही बाट एकजना व्यक्ति घाइते अवस्थामा पक्राउ

दाङ, मंसिर १३ । दाङको घोराही बाट प्रहरीले एकजना व्यक्तिलाई घाइते अवस्थामा पक्राउ गरेको छ ।  विहीवार बेलुका एकजना व्यवसायीको छुरा प्रहार गरि हत्या भएको एक-डेढ घण्टाको अन्तरालमा प्रहरीले एकजना व्यक्तिलाई घाइते अवस्थामा घोराही बाटै पक्राउ गरिएको जानकारी दिएको छ ।

तर प्रहरीले पक्राउ परेका व्यक्तिको पहिचान भने गोप्य राखेको छ ।  दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले पक्राउ परेका व्यक्ति घाइते अवस्थामा फेला परेको हुँदा हत्यामा उसैको संलग्ना रहेको लगभग पुष्टि हुने दाबी गरे । ‘उ पनि घाइते अवस्थामा फेला परेको छ, तर अहिले हामीले उस्लाई केही सोधेका छैनौं, अनुसन्धान पछि भोलि विहान तपाँईलाई तथ्य सार्वजनिक गर्छौ’ एसपी पाण्डेले भने । घोराहीमा डेरा लिएर बस्ने ती व्यक्ति मिस्त्री भएको आशंका प्रहरीले गरेको छ ।

‘घाईते अवस्थामा फेला परेका ती व्यक्तिको कोठामा केही निर्माण सम्वन्धि औजार र सामाग्री समेत थिए,’ एसपी पाण्डेले भने । पक्राउ गरिएका व्यक्तिको नाम र ठेगाना सार्वजनिक गर्न नमाने पनि प्रहरीले ती व्यक्ति यात मिस्त्री हुन सक्ने वा कुनैपनि हार्डवरयमा कार्यरत रहेको हुन सक्ने जानकारी दिएको छ । एसपी पाण्डेका अनुसार मृतककी पत्नि बेहाल अवस्थामा रहेको हुँदा प्रहरीले तत्कालै उनलाई थप कुरा सोध्न नसकेको जानकारी दिए ।

बिहीवार बुलेका मात्रै घोराहीमा हार्डवयरको व्यवसाय गर्दै आएका ४५ बर्षीय नन्दबहादुर घर्ती मगरको चक्कु प्रहार गरि हत्या भएको थियो । घोराही उपमहानगरपालिका वडा नं. १३ लामिडाँडाको दुधेसोतामा बिहीवार बेलुका ८ बजेतिर घर्ती मगर गम्भीर घाइते अवस्थामा फेला परेका थिए । उनलाई तत्तकालै घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए ।

रोल्पा जिल्लाका स्थायी बासिन्दा घर्ती मगर पछिल्लो समय घोराही बसपार्कको पुल नजिकै माडी हार्डवयर पसल संचालन गर्दै आएका थिए ।

यो पनि पढ्नुस 

घोराहीमा छुरी प्रहार गरि व्यवसायीको हत्या

प्रकाशित मिति : २०७५ मङ्सिर १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *