२०७७ कार्तिक १२ गते बुधवार

पुस्तक ब्यवसायी महासंघको तेस्रो अधिवेशन

शिवराज पन्थी
देउखुरी, १५ मंसिर ।

नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ क्षेत्रीय समिति दाङ देउखुरीको तेस्रो अधिवेशन तथा छैठौं बार्षिक साधारणसभा शनिवार गढवाको सामुदायिक पुस्तकालयमा सम्पन्न भएको छ । महासंघका अध्यक्ष दिपक भुसालको अध्यक्षता र महासंघका नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ मध्यपश्चिमका उपाध्यक्ष भैरव रावलको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा शिक्षप्रेमी, समाजसेवी राजेन्द्र प्रसाद चौधरी, अग्रज साहित्यकार भगवतीप्रसाद चौधरी, देउखुरी क्षेत्रको पहिलो स्टेशनरी ब्यवसायी उमाकान्त पन्त, ब्यवसायी दुर्गाप्रसाद अधिकारीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

उक्त अवसरमा यस बर्षको जेहेन्दार छात्रबृत्ति खिमबहादुर शाह माध्यमिक विद्यालय कोलहीमा अध्ययनरत राजपुर–२ बेलाकी छात्रा मिना विकलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी भैरवप्रसाद रावलले ब्यवसायिक संरक्षण र सांगठनिक सशक्तिकरण पुस्तक ब्यवसायीहरुको अभियान भएको बताए । उक्त अवसरमा महासंघका केन्द्रीय सदस्य पवित्रा केसी, शिक्षाप्रेमी, समाजसेवी राजेन्द्रप्रसाद चौधरी, महासंघका केन्द्रीय पार्षद पदमप्रसाद भण्डारी, देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष गिरिराज भट्ट, जिल्ला समितिका, पूर्व लेखा संयोजक रामप्रसाद शर्मा, पूर्व क्षेत्रीय उपाध्यक्ष नारायण भुसाललगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा संस्थाका सचिव जयप्रकाश पौडेलले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष ताराप्रसाद चुँदालीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका उपाध्यक्ष कमल खड्काको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन पुस्तक ब्यवसायी तथा साहित्यकार हरि पोखे्रलले गरेका थिए ।

महासंघको अध्यक्षमा खनाल

नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ क्षेत्रीय समिति दाङ देउखुरीको शनिबार गढवामा सम्पन्न तेुस्रो अधिवेशनको बन्दशत्रबाट सुशील खनाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । यसैगरी महासंघको उपाध्यक्षमा कमल बहादुर खड्का, सचिवमा रोमहर्ष अधिकारी, कोषाध्यक्षमा ताराप्रसाद चुँदाली शर्मा र सहसचिवमा निर्मला चौधरी चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा हरिपसाद पोखे्रल, बसन्त चौधरी, गिरिराज पौडेल र सुशीला बोटे रहेका छन् । त्यसैगरी लेखा समितिको संयोजकमा नारायण भुसाल र सदस्यहरुमा महेश सुवेदी र दुखहरण यादव रहेका छन् भने ऋण समितिको संयोजकमा पदम भण्डारी र सदस्यहरुमा बिक्रम भण्डारी तथा हेमराज लामा रहेका छन् । महासंघले मासिक रुपमा स्थलगत घुम्ती बैठकहरु आयोजना गर्ने गरेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *