काठमाडौं, साउन २६ । दाङका कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । विभत्स हत्या पछि शनिवार काठमाडौंको गोंगबुमा टाउको र शरिर फरक÷ फरक सुटकेसमा राखेको अवस्थामा कृष्णबहादुरको शव फेला परेको थियो ।
बोहोराको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले टोलीले चितवनबाट कल्पना शाहीलाई पक्राउ गरेको छ । शाहीका श्रीमानमा विदेशमा रहेको तथा शाही बस्ने घरमा बोहोरा पटक÷ पटक जाने गरेको भन्ने खुल्न आएको प्रहरीले बताएको छ। दाङ निवासी मृतक बोहोरा गोंगबु नयाँ बजार क्षेत्रको गार्मेन्ट उद्योगमा काम गर्ने गरेको प्रहरीले बताएको छ ।
यो पनि पढ्नुहोस
काठमाडौंमा विभत्स हत्या गरिएका बोहरा दाङ हापुर बगालेका रहेछन्
गोंगबुमा सुटकेशमा भेटिएको शवको पहिचान खुल्यो
प्रकाशित मिति : २०७७ साउन २६ गते सोमवार