२०८१ माघ ९ गते बुधवार

काठमाडौंमा विभत्स हत्या गरिएका बोहरा दाङ हापुर बगालेका रहेछन्


दाङ, साउन २६ । शनिबार राजधानीको गोंगबुमा बिभत्स हत्या गरिएका कृष्णबहादुर बोहोराको घर दाङमा भएको खुल्न आएको छ । घोराही उपमहानगरपालिका वडा नं. १२ हापुर बगाले बोहोरा टोलमा उनको घर रहेको आफन्तले बताएका छन् । दिदी कमला र भिनाजु भक्तबहादुर घर्तीले फरकोणलाई उक्त जानकारी दिएका हुन । सालाको विभत्स हत्याको खवरले आफुहरु स्तब्ध भएको र हत्यारालाई कडा भन्दा कडा कारवाही हुनुपर्ने भक्तबहादुरले बताए ।

उनीहरुका उनुसार गत साल तिहारदेखि कृष्णबहादुरसंग उनीहरुको भेट भएको थिएन । उनी काठमाडौंमा बस्दै आएको हुँदा के काम गर्थे भन्ने समेत आफुहरुले थाहाँ नपाएको भक्तबहादुरले बताए । ‘सालाले कहिले के कहिले के काम गर्छु भन्थे,’ भक्तबहादुरले भने ‘ सालाले पछिल्लो समय के काम गर्थे त्यो हामीलाई थाहाँ नै छैन ।’ रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं. ७ का स्थायी बासिन्दा कृष्णबहादुरको घरमा पछिल्लो समय अन्दाजी ७५ बर्षीया आमा बस्दै आएकी थिइन ।

कृष्णबहादुरका दूई श्रीमति रहेको तथा जेठी श्रीमतीको मानसिक सन्तुलन अलि ठिक नभएको र कान्छी श्रीमति समेत ऊँ शान्तिमा लागेर इन्डियामा बस्दै आएको भक्तबहादुरले बताए । ‘कान्छी बाट ७÷८ बर्ष जतिको छोरा छ र जेठी बाट छोराले कक्षा १२ मा पढ्छ जस्तो लाग्छ,’ भक्तबहादुरले भने ‘ पछिल्लो समय जेठो छोरा पनि अन्टिसंगै इन्डियामै बस्दै आएको भन्ने सुनेको छु।’भक्तबहादुरले यसअघि साला कृष्णबहादुर अफगानिस्तान, इराक लगाएका देशमा गएको र पछिल्लो समय काठमाडौंमा बस्दै आएको जानकारी दिए ।

शनिवार टाउको काटिएको अवस्थामा काठमाडौंको गंगबुमा सुटकेसभित्र कृष्णबहादुरको शव फेला परेको थियो । इलाका प्रहरी कार्यालय होलेरीका प्रमुख प्रहरी निरिक्षक मेघनाथ चापागाँईले घटनावारे बुझ्न कृष्णबहादुरका भिनाजु र दिदीलाई कार्यालयमा बोलाएर जानकारी लिइरहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ साउन २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *