२०८१ माघ ११ गते शुक्रवार

गोंगबुमा सुटकेशमा भेटिएको शवको पहिचान खुल्यो

साउन २६ । आइतबार बिहान काठमाडौंको गोंगबुको गणेशस्थान नजिकै सुटकेसमा टाउको काटिएको अवस्थामा फेला परेको शव कृष्णबहादुर बोहोराको भएको खुलेको छ। शवको सनाखत नहुँदा अनुसन्धान गर्न नसकेपछि प्रहरीले शवको तस्वीर सार्वजनिक गरेको थियो ।उनी रोल्पा हो कि दाङका हुन् भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ ।

त्यसपछि शव बोहराको भएको खुलेको हो ।सुटकेसमा उनको टाउको थिएन। प्रहरीले तालिम प्राप्त कुकुरको सहायतामा पत्ता लगाएको थियो।मृतकको सनाखत भएसँगै काठमाडौं प्रहरी परिसर र अपराध अनुसन्धान महाशाखाको टोली अहिले गोंगबु पुगेको छ ।

प्रकाशित मिति : २०७७ साउन २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *