२०८१ बैशाख ६ गते बिहिवार

हेड टु हेड च्यालेन्जको टप २० मा परिन श्रृंखला

काठमाडौं, १५ मंसिर । चीनमा जारी विश्व सुन्दरी (मिस वर्ल्ड) प्रतियोगिता अन्तरगत श्रृंखला खतिवडा हेड टु हेड च्यालेन्जको समूह बिजेता हुँदै टप २० मा परेकी छन् । नेपालकी सुन्दरी श्रृंखला आफ्नो समूहबाट पहिलो हुँदै टप ट्वान्टीमा पर्न सफल भएकी हुन् ।

१२१ जना प्रतिस्पर्धीलाई २० समूहमा बाँडेर हरेक समूहबाट एक-एक जना छानिएको हो । मल्टिमिडिया अवार्डको लागि आगामी डिसेम्बर ८ सम्म भोटिङ हुन्छ । यो अवार्ड जितेमा उनका लागि फाइनलमा पुग्ने ढोका खुल्छ । मल्टिमिडिया अवार्डसँगै ‘हेड टु हेड च्यालेन्ज’ र ‘ब्यूटी विथ प्रपोज’ मा श्रृंखलाको बलियो उपस्थिति छ ।

श्रृंखलालाई मोबस्टार एप डाउनलोड गरेर भोट गर्न सकिन्छ भने फेसबुकमा उनको आधिकारिक पेजमा लाइक तथा कमेन्ट गर्दा पनि उनको भोट बढ्छ । यस्तै मिस वर्ल्डको आधिकारिक पेजबाट पनि भोट गर्न सकिन्छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *