२०८१ पुष २९ गते सोमवार

रुकुम पश्चिममा गाउँमै नागरिकता वितरण

ज्ञानु गौतम, रुकुम, मङ्सिर १२।
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले गाउँमै पुगेर नागरिकता वितरण गरेको छ । चौरजहारी नगरपालिकाको ब्यबस्थापनमा चौरजहारी नगरपालिका कार्यालयमा नागरिकता वितरण शिविर सञ्चालन गरिएको हो । शिविरको पहिलो दिन २३३जनाले नागरिकता लिएका छन १४७ महिला ८६ पुरुष गरि जम्मा २३३ जनाले नागरिकता लियको प्रमुख जिल्ला अधिकारि सम्भु प्रसाद रेग्मिले जानकारी दिए। कम्प्युटरबाट नागरिकता वितरण गरिएपछि सेवाग्राहीलाई छिटो–छरितो ढंगले सेवा दिईएको प्रजिअ रेग्मीले भनाई छ ।

उनले शिविर मार्फत जिल्लामै पहिलो पटक कम्प्युटरबाट नागरिकता प्रदान गरिएको समेत जानकारी दिए । शिविरमा नागरिकता लिनका लागि आज दिनभर सेवाग्राहीको बाक्लो भीड लागेको बताईएको छ । प्रमुख जिल्ला अधिकारी रेग्मीले भने  हामी एकदिनका लागिभनेर आएका हौ सेवाग्राहीको भिड बढेपछि एकदिन समय थपेका छौ ।

शिविरमा नागरिकता वितरणसँगै जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली संकलन तथा अद्यावधिक समेत गरेको छ । त्यस्तै घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले पसल दर्ता, लघु उद्यमी दर्ता लगायत काम गरेको बताइएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *