असार ८ । देशले कोरोना संक्रमण झेलिरहेको बेला सरकार भने सत्ता टिकाउने सुरक्षित उपाएको खोजीमा छ। यो रणनीति अन्तर्गतदलभित्रै सरकारका गतिविधिमाथि विवाद बढिरहँदा केही पार्टी नेतालाई सरकारमा सहभागी गराएर भएपनि टिकाउने सुरक्षित उपाएको खोजिनेछ।
सत्तारुढ दलभित्र अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्ने कि नगर्ने भन्ने विवाद बढ्नुमा सरकारले पार्टीको सहमति विना सरकारी नियुक्ति हुनुलाई मानिएको छ।
सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले सरकारले निर्णय गर्दा पार्टीमा समेत समन्वय गर्ने प्रतिबद्धता गरेपनि उनले त्यसलाई वेवास्था गरेपछि पार्टीका शीर्ष नेताहरु असन्तुष्ट रहेका छन्। पार्टी उपाध्यक्ष वामदेव गौतमले आफू ओलीको कार्यशैलीप्रति सहमत नभएको र उनको साथमा नरहेको समेत सचिवालय मार्फत जानकारी गराएका थिए।
उपाध्यक्ष गौतमले ओली विरुद्ध शीर्ष नेताहरुले समयक्रममा बोल्ने समेत संकेत गरेपछि सरकार टिकाउनअसन्तुष्ट नेताहरुलाई समेट्ने प्रयास गरिरहेका छन्। प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुर्नगठन गर्नेदेखि मूख्यमन्त्रीहरु परिवर्तनगर्ने सम्मको योजना अघि सारेका छन्। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।