२०८१ बैशाख १९ गते बुधवार

कपिलबस्तुका १० सहित शनिवार १९ जना कोरोना जितेर घर फर्किए

दाङ, जेठ १० । कपिलबस्तुका दश जना कोरोनालाई जितेर घर फर्किएका छन् । रुपन्देहीको बुटवल धागो कारखानाको आइसोलेसन अस्पतालमा उपचाररत दश जना कोरोना जितेर घर फर्किएका हुन । भारतबाट लुुकिछिपी आएर बसिरहेका उनीहरुलाई क्वारेन्टिनमा दुई साता अघि संक्रमण देखिएको थियो । त्यसपछि उनीहरुलाई कोरोना विशेष अस्पताल ल्याइएको थियो । शुक्रवार मात्रै बाँकेका २१ जना कोरोना जितेर घर गएका थिए । रुपन्देहीको कोटहीमाईका २५ बर्षे एक युवापनि बैशाख ३० गरे निको भएर घर गएका थिए ।

त्यसैगरी शनिबार नै पुनः संक्रमण देखिएका दुई जनासहित थप ९ जनाले पनि कोरोना जितेर घर फर्किएका छन् । वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत उनीहरूलाई साँझ घर फर्किएका हुन । पुनः संक्रमण देखिएर अस्पताल भर्ना भएका रौतहटका १९ वर्षीय युवक र अर्का भारतीय नागरिक निको भएर घर गएका छन् ।

शनिवार नै बाराका २, पर्साका ३ र रौतहटका थप २ जना पनि कोरोना जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या ८९ पुगेको छ। त्यसैगरी शनिवार संक्रमित संख्या भने ५ सय ९१ पुगेको छ। शनिबार मात्रै नेपालमा ७५ जना संक्रमित थपिएका छन् । नेपालमा हालसम्म ३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *