२०८१ फाल्गुन ६ गते मङ्गलवार

साढे २६ लाखको चेक बाटोमा भेटियो

दाङ, मंसिर ७ ।  
तुलसीपुरमा झण्डै साढे २६ लाख बराबरको चेक बाटोमा फेला परेको छ । तुलसीपुर–घोराही सडकखण्डमा बिहीवार बिहानै उक्त चेक फेला परेको थियो । ईप्रका तुलसीपुरका प्रहरी नायव निरीक्षक प्रमोद भण्डारीले गस्तीमा गएको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित सडक खण्डमा तीनवटा चेक फेला पारेका थिए । सार्वजनिक स्थलमा प्रहरीले भेट्टाएको चेकबारेमा सम्वन्धित व्यक्तिलाई सम्पर्क गरिसकेको ईप्रका तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिए ।
दिपेन्द्र भण्डारीले एनआईसी एसिया बैंकबाट भुक्तानी दिने गरी सिप्रदीको नाममा चेक काटेको प्रहरीले जानकारी दिएको छ । १० लाख ३४ हजार, ९ लाख ४० हजार र ६ लाख ७२ हजार ५ सय रुपैयाँ गरी तीनवटा झण्डै साढे २६ लाख बराबरको चेक फेला परेको छ । ‘हामीले भण्डारीलाई फोन गरिसकेका छौं, उहाँले शुक्रवार चेक लिन आउँछु भन्नुभएको छ,’ डिएसपी शाहीले फरक कोणलाई भने ।

 

 

प्रकाशित मिति : २०७५ मङ्सिर ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *