२०८२ असार २७ गते शनिवार

सेवा निबृत्त भए प्रदेश प्रहरी प्रमुख शाह


तुलसीपुर, माघ २८ । प्रदेश प्रहरी प्रमुख शुरेश विक्रम शाहलाई विदाई गरिएको छ । शाहले सेवावाट अनिवार्य अवकास पाएको हुँदा उनको सम्मानमा विदाई कार्यक्रम आयोजना गरिएको हो ।

मंगलवार तुलसीपुर उद्योग वाणिज्यसंघको नेतृत्वमा एक दर्जनजति सामाजिक संघ संस्थाहरुले शाहको विदाई गरेका हुन् । सेवानिबृत्त भएका डिआइजी शाह हाल दाङका तुलसीपुरस्थित प्रदेश प्रहरी कार्यालयको प्रमुख पदमा कार्यरत थिए । विदाई कार्यक्रम वाणिज्य संघका अध्यक्ष विरवहादुर रावतको अध्यक्षतामा भएको हो । बक्ताहरुले पदमा बाहाल रहँदा सम्म शाहले निर्वाह गरेको भूमिकाको अनुशरण हुनुपर्ने बताएका थिए ।

तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजाल, सल्लाहकार शुरेश हमाल लगायतले शाहले निर्वाह गरेको भूमिकाको प्रशंशा गरे । सेवानिवृत्त भएर जान लागेको डिआईजी शाहले उनको सम्मानमा विदाई कार्यक्रम आयोजना गर्ने सबै संघ संस्थाहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति : २०७६ माघ २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *