अभिनेता विपिन कार्की मोटरसाइकल सवारी दुर्घटनामा परि घाइते भएका छन् । मोटरसाइकलमा सवार उनलाई कलंकीमा विपरित दिशाबाट आएको अर्को मोटरसाइकलले ठक्कर दिएपछि उनको दाहिने खुट्टामा चोट लागेको छ ।
उनको अहिले बल्खु स्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ भने उनको खुट्टा भाचिएको पारिवारिक श्रोतले बताएको छ । उनको अहिले बयोधा अस्पतालमा अप्रेसनको तयारी भइरहेको छ ।
उनि आफ्नो फिल्म ‘जात्रै जात्रा’को छायाँकन स्थलमा जाने क्रममा बिहान कलंकीमा मोटरसाइकल दुर्घटनामा परेको हुन् ।
प्रकाशित मिति : २०७५ मङ्सिर ४ गते मङ्गलवार