Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


जव पुनम र हेमन पोखिए, तव आकाँशपनि पोखियो



नवीन अभिलाषी,
घोराही, माघ २५ । गजलकार पुनम थापा पहिलो पटक स्टेजमा पुगेर गजल बाचन गर्दै थिइन । गजलहरुका शेरहरु बाचन गर्दा बाहिर पानी प¥यो । आकाश गड्याङगुडुङ ग¥यो । तर कार्यक्रम रोकिएन । उदाहरण समूह, नेपालले आयोजना गरेको जश्न ए काव्य शिर्षकको कार्यक्रममा गजलकार पुनम थापा र कवि हेमन यात्रीले आफ्ना रचनाहरु बाचन गरे । बदलिएको मौसमसँगै कवि र गजलकारका रसपान गर्न युवाहरु पुस्ताको उल्लेख्य उपस्थिति थियो ।

‘चितासम्म पु¥याइदिन्छ मानिसलाई रहरले पनि ।
दुखेको दिलमा प्रहार गरिदिन्छ यो शहरले पनि ।।

तपाईं जवानीको प्यास मेट्ने कुरा गर्नुहुन्छ साहेब ।
छेउकै समुन्द्रबाट तिर्खा मेट्न सक्दैन बगरले पनि ।’

एक दशक पहिलेदेखि रचनाको क्षेत्रमा क्रियासिल गजलकार पुनम थापाले अहिले पनि आफु सिक्ने अवस्थामा पुगेको तर्क गरिन । जीवनमा महत्वपुर्ण घटनाहरुलाई रचनामा उल्लेख गर्ने बानी परिसकेको बताउने उनका शेरहरुमा उपस्थितहरु मन्त्रमुग्ध बनेका थिए ।

एफएम रेडियोको समयसँगै हुर्किदै जाँदा लेखनमा बानी परेको बताउने उनले ८ वटा जति गजलहरु बाचन गरिन ।

शनिवार नै कार्यक्रमका लागि पुर्व ईटहरीबाट दाङ आएका कवि हेमन यात्रीले आफ्नो कविता प्रतिको चेत, अनुशासन र सिद्धान्तका बारेमा बोले ।

‘बिस्तारै फिर्नेछौ घरभित्र
उक्लनेछौ घरको तालामाथि
खोल्नेछौ ध्वासो लागेको टिनको बाकस
निकाल्नेछौ पुरानो डायरीमा च्यापेर राखेका प्रेमपत्रहरू
हेर्नेछौ बिहेकै साल खिचेका युगल तस्बिर
र बिस्तारै छाम्नेछौ
छातिको देबे्र पाटामा दुःखेको
सिर्फ एउटा मानिसको सम्झना ।’

फेरि एक्लै शिर्षकको कविता बाचन गर्दै कवि हेमन यात्रीले उमेर, बैश र प्रेमका कुरा गरे । उनले कवितामा आमाको सन्दर्भ जोड्दै आमाको गीत शिर्षकको कविता बाचन गर्दा धेरैले आमाहरु सम्झिए ।
पश्चिम नेपाल युद्धको समयमा धेरै चोटहरुले दुखेको भुगोलको बारेमा चर्चा गर्दै यात्रीले बेपत्ताको आत्मकथा शिर्षकको कविता सुनाउँदा सन्नाटा छाएको थियो । अत्यन्तै मार्मिक कथा बस्तुमा निर्माण गरिएको त्यो कविता युद्धमा बेपत्ता भएको ब्यक्तिको मृत्यु भइसकेको र घरपरिवारले अन्तिम संस्कार नगर्दाको कथा व्यथा शब्दमा उनिएको थियो ।

उदाहरण समूह, नेपालका अभियान्ता तिर्थराज चौधरीले संयोजन गरेको कार्यक्रमको सहजिकरण गर्दै अर्को अभियान्ता नवीन श्रेष्ठले साहित्य, संगीत र कलाको क्षेत्रमा पाँच वर्ष भन्दा लामो समयदेखि काम गर्दै आएको बताए । जश्न ए काव्य कार्यक्रममा गजल र कविता बाचन हुने गरेको भन्दै उनले जिल्ला र जिल्ला बाहिरका श्रष्टाहरुको संगम बनाउन खोजेको बताए ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal