तुलसीपुर, माघ २५। दाङमा चट्याङले लागेर दाङमा शनिबार दिउँसो ३ जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानपालिका–७ नवलपुरमा दुई र घोराही ११ हापुरमा एक जनाको मृत्यु भएको हो ।
नवलपुरमा गीता चौधरीको घरमा चट्याङले हान्दा दुई जनाको र हापुरमा सूर्यबहादुर पुरीको घरमा एकजना गरी तीन जनाको मृत्यु भएको दाङ प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिए ।
चट्याङले लागेर गम्भीर घाइते भएकी चौधरीकी सात वर्षीया छोरी सृष्टि चौधरी र त्यही बस्ने ५४ वर्षीय लक्ष्मी आचार्यको राप्ती लाइफ केयर अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
घरको आँगनमा खेल्दै गरेका सूर्यबहादुरका आठ वर्षीय छोरा ताराबहादुर देवपुरीको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लाने क्रममा बाटोमै मृत्यु भएको हो ।
प्रकाशित मिति : २०७६ माघ २५ गते शनिवार