२०८१ असोज २४ गते बिहिवार

बालबालिका माथि अभिभावकले विचार नलादौं – देवकोटा


तुलसीपुर,माघ २४ । हिमाल एकाडेमी प्रालि तुलसीपुर दाङले शुक्रवार आफ्नो १६औं बार्षिक उत्सव मनाएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ डुम्रीगाउँस्थित ब्लकमा विभिन्न कार्यक्रमका साथ विद्यालयले बार्षिक उत्सव मनाएको हो । विद्यालयका प्रिन्सिपल मधुसुदन केसीको अध्यक्षता र निजी विद्यालयहरुको छाता संगठन प्याव्सनकी केन्द्रीय सदस्य सरिता देवकोटाको प्रमुख आथित्यमा कार्यक्रम भएको हो ।

कार्यक्रमलाई सम्वोधन गर्दै केन्द्रीय सदस्य देवकोटाले बालबालिकाको रुचि र चाहाना अनुसार अगाडि बढ्नका लागि अभिभाव तथा शिक्षकले प्रेरणा दिनुपर्ने सझुाइन । ‘बालबालिका माथि प्रेसर दिनु हुन्न, डाक्रट नै बन्नु पर्छ, पाईलट बन्नु पर्छ भनेर अभिभावकले आफ्नो चाहाना लाद्नु गलत हो,’ देवकोटाले भनिन् ‘त्यस्तो प्रेसरले बालबालिकाको भविस्य अन्धकारमा ढकेलिन सक्छ।’

पहिला अभिभावक उदाहरण वन्न सके बालबालिकाले पनि त्यसलाई अनुशरण गर्ने उनले बताइन । कार्यक्रमलाई सम्वोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनयकुमार मिश्रले बालबालिकाको लागि विद्यालय एउटा सुन्दर बगैचा सरह बनाउनु पर्ने सझाए । संस्कार, सीप र प्रविधिको प्रयोग अवको आवश्यकता भएको औंल्याउँदै मिश्रले ती कुराहरुको अनुसरणले बालबालिकाको भविस्य उज्जवल बन्ने तर्क गरे ।
प्रिन्सिपल मधुसुधन केसीले अभिभावकको मायाले हिमालले अहिले सम्मको उचाई प्राप्त गरेको स्मरण गर्दै भविष्यमा पनि यस्तै अपार माया र सदभाव पाउने अपेक्षा गरे । विद्यालयका भ्ववाई प्रिन्सिपल एमुकेशकुमारको स्वागत मनतव्यवाट सुरु भएको कार्यक्रमको सहजिरकण शिक्षिका अनिमा वैद्यले गरेकी थिइन ।

त्यसक्रममा गतसालको बार्षिक परीक्षामा विभिन्न कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल बालबालिकालाई मेडलले सम्मान गरिएको थियो । कार्यक्रममा बालबालिकाले विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए । दशैं, तिहार, माघी जस्ता पर्वहरुको झल्को दिने प्रस्तुती राखेका थिए । साना बालबालिकाले मौलिक कला संस्कृति झल्कने प्रस्तुती राख्दा अभिभावक मख्ख देखिन्थे ।

प्रकाशित मिति : २०७६ माघ २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *