२०८१ असोज २९ गते मङ्गलवार

चिनवाट ल्याएका नेपालीलाई राजधानीका ४ ठाउँमा राखिने

काठमाडौं, माघ २३ । सरकारले चीनको वुहानबाट फर्काइने नेपालीलाई उपत्यकाका चार स्थानमा राख्ने तयारी गरेको छ।

शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटी गरी चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गर्ने गरि तयारी भइरहेको जानकारी दिइको छ ।

बिहीबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले चार ठाउँ व्यवस्थित गरी नेपाल आउन चाहने विद्यार्थी र नागरिकहरूलाई ल्याउन निर्देशन दिएका छन् ।

नोवेल कोरोनाभाइरसको उदगम थलो वुहानबाट सरकारले यसअघि नै नेपाली फर्काउने निर्णय गरे पनि राख्ने ठाउँको टुङ्गो नलाग्दा समस्या भएको थियो । बुहानवाट ल्याइने नेपालीलाई झन्डै दुई हप्ता अलग्दै राखिने भएको छ ।

यसैबीच सरकारले १ लाख प्रोटेक्टिभ माक्स चीन सरकारलाई सहयोग स्वरुप उपलब्ध गराउने निर्णय पनि गरेको छ।

 

 

प्रकाशित मिति : २०७६ माघ २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *