२०८१ असोज २४ गते बिहिवार

पर्यटकीय केन्द्र बन्दै हालेरीस्थित शिब पार्बती गुफा

नन्दराम खड्का,
होलेरी, माघ २२ । रोल्पाको रुन्टीगढी गाउँपालिकामा पर्ने होलेरीदेखि दुई किलोमिटर पश्चिममा अवस्थित शिब पार्बती गुफा । यो गुफा यहाँको एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो । प्राकृतिक सौन्दर्य र विभिन्न आकृतिहरुले भरिपुर्ण शिव पार्वती गुफा २०६७ शालमा पत्ता लागेको हो । गुफा भित्र शिब पार्बती र गणेशका जस्तै देखिने ढुंगाका प्राकृतिक आकृतिहरुले धेरैलाई आकर्षित गर्दै आएको छ।

गुफा भित्र शेषनाग,गौमाताको आकृति ,पार्बतीको समाधिस्थल,शिब लिङ्ग,खरी ढुङ्गा लगाएतका आकृतिहरु रहेका छन्।

शिब पार्बती धार्मिक तथा पर्यटकीय संरक्षक सस्थाका अध्यक्ष टेकलाल पुनले गुफाको उचित प्रचार प्रशार हुन सके त्यो रोल्पाको एक प्रमुख पर्यटकीय स्थल बन्न सक्ने बताए ।गुफासम्म मोटर बाटो पुगेको छ । गुफा रेखदेख गर्न एकजना कर्मचारी राखिएको छ । अब यहाँ बाहिर फन पार्क र संग्रालय बनाउने योजना रहेको अध्यक्ष पुनले बताए।

गुफामा दाङ, सल्यान, प्यूठान, इलाम, दार्चुला तथा छिमेकी देश भारतबाट समेत पर्यटक आउने गरेको अध्यक्ष पुनले बताए ।

विकाश र परिवर्तनका लागि प्रयास
पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले रुण्टीगढी गाउँपालिकाले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ। गत बर्ष उस्ले रुण्टीगढी बिकाश सम्मेलन र राष्ट्रिय अक्षर महोत्सव कार्यक्रम गरेको थियो । भ्रमण बर्ष सन २०२० लाई लक्षित गरेर यो गाउँपालिकाले यसपटक होलेरीमा फागुन १ र २ गते राष्ट्रिय मिडिया शान्ति सम्मेलन कार्यक्रम गर्ने तयारी गरेको छ ।

होलेरी तत्कालिन १० बर्षे सशस्त्र द्वन्दको उद्गम स्थल हो । द्वन्दको समयमा गोली,बारुद र बमहरुको चोट अनि पीडा खेपेको होलेरीले बिस्तारै विकाश र परिबर्तनको लागि पहल गरिरहेको छ ।

रोल्पाको दक्षिण,पश्चिम भेगमा अबस्थित होलेरी बजार जिल्लाकै दोस्रो ठूलो ब्यापारिक केन्द्र हो । यो रुण्टीगढी गाउँपालिकामा स्वर्गद्वारी महाप्रभुको जन्मभुमी पनि हो । यो तपोभूमिमा गढी लेक, छिमेकी देश भारतसम्म चिहाउन सकिने मुरुल्ले लेक,जस्ता धार्मिक तथा ऐतिहासिक स्थलहरु रहेका छन् । यी स्थान पर्यटन प्रर्बद्धन गर्ने आधारहरु मात्र नभई मुख्य गन्तव्य बन्न सक्छन् ।

प्रकाशित मिति : २०७६ माघ २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *