२०८१ माघ ३ गते बिहिवार

भट्टराईले गरे जन्मदिनमा क्यान्सर पीडितलाई सहयोग

तुलसीपुर,२० माघ । शिक्षक नारायण भट्टराईले आफ्नो जन्मदिनमा क्यान्सरपीडितलाई सहयोग गरेका छन् ।

ग्रेट अरनीको माबिका कार्यक्रम निर्देशक तथा शान्तिदिप स्कुलका सहायक प्रिन्सीपल भट्टराईले आफ्नो जन्मदिनको अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ निवासी क्यान्सर पीडित गोवर्दन वलीलाई ५ हजार १ सय रुपैया सहयोग गरेका हुन् ।

क्यान्सर पिडित वलिको उपचारमा सहयोग होस्, भनी सहयोग गरेको उनले बताए ।

साथै पीडितको उपचारमा आर्थिक सहयोगका लागि प्रेरित गर्न पनि आफुले सहयोग गरेको बताए । क्यान्सर पीडित वलीको हाल काठमाडौंमा उपचार भईरहेको छ ।

 

 

प्रकाशित मिति : २०७६ माघ २० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *