लिलाधर वली, छिल्लीकोट,माघ १९ । दाङको धार्मिक एव ऐतिहासिक पर्यटकिय स्थल छिल्लीकोटमा भ्यू टावर निर्माण गरिएको छ ।
धार्मिक, ऐतिहासिक एव पर्यावरणीय केन्द्रका रुपमा रहेको छिल्लीकोटमा करिव ४० लाखको लागतमा भ्यू टारव निर्माण गरिएको हो ।
तुलसीपुर उपमहानगरपालिकाको ३० लाख रुपैयाँ र जनश्रमदानबाफतको नौ लाख ४५ हजार ८ सय ३२ रुपैयाँ गरि जम्मा ३९ लाख ४५ हजार आठ सय ३२ रुपैयाँको लागतमा तीन तले छिल्लीकोट भ्यू टावर निर्माण गरिएको भ्यू टावर निर्माण समितिका अध्यक्ष परविर पुनमगरले जानकारी दिएका छन ।
भ्यू टावर निर्माणले छिल्लीकोटबाट दाङ उपत्यकासँगै उत्तरमा रहेका धौलागिरीलगायतका हिमाली क्षेत्रहरुको दृष्यअवलोकन गर्न सकिने भएको छ । भ्यू टावर निर्माणले छिल्लीकोट आउने आन्तरिक तथा बाध्य पर्यटक बढ्ने अपेक्षा गरिएको छ ।
छिल्लीकोटमा धार्मिक महत्व बोकेका कालिका र मालिका भगवतीको मन्दिर, १४ औँ सताव्दीमा राज्य गर्ने चल वंशीय राजा मेघनाथ शाहले राज्य गरेको दरवार,राजगढी, राजारानी बस्ने ढुङ्गा, युद्ध लड्नलाई प्रयोग गरिएको हतियार तोपलगायत पछिल्लो समय भ्यू टावर निर्माण गरिएको अध्यक्ष पुनले बताएका छन ।
जिल्लाको पर्यटन विकासको धार्मिक एव ऐतिहासिक केन्द्रका रुपमा रहेको छिल्लीकोटको विकासका लागि भ्यू टावरले महत्वपूर्ण भूमिका खेल्ने स्थानियको अपेक्षा रहेको छ ।
‘छिल्लीकोट क्षेत्रको विकासका लागि भ्यू टावर उपयोगी माध्यम बन्ने हाम्रो अपेक्षा रहेछ’,अध्यक्ष पुनले भने,‘छिल्लीकोटबाट दाङ उपत्यकासँगै उत्तरमा रहेका हिमालहरुको दृष्यअवलोकनका लागि भ्यू टावरले महत्वपूर्ण सहयोग पु¥याउनेछ ।’
सफा मौषम भएको अवस्थामा छिल्लीकोटको भ्यू टावरबाट दाङ उपत्यकासँगै धौलागिरी हिमाललगायतका विभिन्न पहाडी क्षेत्रको अवलोकन गर्न सकिने कालिका मालिक मन्दिर संरक्षण समितिका अध्यक्ष पूर्णबहादुर पुनले बताए ।
‘धार्मिक एव ऐतिहासिक महत्वका दृष्टिले निकै सम्भावना रहेपनि विकटताका कारण छिल्लीकोटको विकास हुन सकेको छैन’, मन्दिर संरक्षण समितिका अध्यक्ष पुनले भने,‘बन्दै गरेको सडकसँगै छिल्लीकोटमा निर्माण भएको भ्यू टावरले विकासमा भुमिका खेल्नेछन ।’ त्योसँगै गाउँदेखि मन्दिरसम्म पुग्नकालागि रेलिङसहितका सिडीहरु समेत निर्माण गरिएको बताए ।
छिल्लीकोट पुग्नका लागि पछिल्लो समय दुधरास हँुदै सडक निर्माण भएपनि सोनापुर सिमेन्ट उद्योगका टिप्परका कारण सडकमा खाडलसँगै धुलो उडेर हिड्नै समस्या हुने गरेको बताए ।
त्यस्तै छिल्लीकोटको विकासका लागि स्तरिय सडक, पिकनिक स्पोर्ट, त्यसकालागि खानेपानीको व्यवस्था, पार्किङ स्थल,विद्युतलगायतको विकास गर्न आवश्यक रहेको समेत बताए ।
सडक, बिद्युत,सञ्चारलगायतका संरचना निर्माण भएपनि सञ्चालन नआउँदा समस्या हट्न नसकेको उनले बताए । छिल्लीकोट क्षेत्रको आकर्षणको रुपमा रहेका कालिका र मालिका मन्दिरको पुननिर्माण गर्न थालिएको कालिका मालिक मन्दिर संरक्षण समितिका अध्यक्ष पुनले बताए ।
अहिले रहेका मन्दिरहरु जीर्ण बन्दै गएकाले नयाँ मन्दिरहरु निर्माण गर्न थालिएको उनले बताएका छन । ‘छिल्लीकोटमा अहिले रहेका कालिका र मालिका मन्दिरहरु पुरानो हुनका साथै जीर्ण अवस्थामा रहेका छन’, अध्यक्ष पुनले भने,‘त्यसैले अहिले दुवै मन्दिरको पुननिर्माणको काम गदैछौँ ।’
उनका अनुसार कालिका र मालिक भगवतीको मन्दिर निर्माणका लागि प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । त्यही रकमबाट नयाँ मन्दिर निर्माणको कामलाई अघि बडाइएको समितिले जनाएको छ ।
नयाँ मन्दिर निर्माणसँगै छिल्लीकोटको आकर्षण बढ्ने समितिले विश्वास व्यक्त गरेको छ । तुलसीपुरको प्रमुख पर्यटकिय स्थल बन्छ यसैविच तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष रामबहादुर योगीले छिल्लीकोटलाई तुलसीपुर उपहानगरपालिकाकै प्रमुख पर्यटकिय गन्तव्यका रुपमा विकास गर्ने गरि आफुले काम गरिरहेको बताएका छन ।
नागरिक समाज दाङले जिल्लाको धार्मिक,ऐतिहासिक एव पर्यावरणिय केन्द्रका रुपमा रहेको छिल्लीकोटमा गरेको छलफल कार्यक्रममा वडा अध्यक्ष योगीले यस्तो बताएका हुन ।
छिल्लीकोट धार्मिक एव ऐतिहासिक महत्व बोकेको क्षेत्र रहेको भन्दै यसको विकास गर्न सके छिल्लीकोटले वडाको पहिचानलाई समेत बढाउने भएकाले छिल्लकीकोटलाई तुलसीपुरकै प्रमुख पर्यटकिय गन्तव्यका रुपमा विकास गर्ने बताए ।
‘छिल्लीकोट तुलसीपुरको विकट क्षेत्रमा रहेका छ,जसले गर्दा यसको प्रचारप्रसारसँगै विकास हुन सकेको छैन’, वडा अध्यक्ष योगीले भने,‘यसलाई मेरो कार्यकालमा विकास गर्दै तुलसीपुरको प्रमुख पर्यटकिय स्थलका रुपमा चिनाउनेछु ।’
त्यसका लागि अहिले सडक, विद्युत,सञ्चारसँगै खानेपानी ल्याउनका लागि काम भैरहेको भन्दै अव मन्दिरक्षेत्रमा पिकनिक स्पोर्ट,पार्कि स्थललगायतका संरचना निर्माण हुने समेत बताए ।
त्यसकालागि मन्दिर संरक्षण समितिले समेत ध्यान दिनुपर्ने बताएका थिए । छिल्लीकोटमा रहेको कालिका र मालिका मन्दिरको विकासँसगै छिल्लीकोटलाई जिल्लाकै प्रमुख जडिबुटी केन्द्रका रुपमा समेत विकास गरिने उनले बताए ।
आफ्नो पाँच बर्षिय कार्यकालमा छिल्लीकोटले मुहार परिवर्तन गर्ने वडाध्यइा योगीले बताएका थिए । नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तको अध्यक्षतमा भएको कार्यक्रममा श्रीधर शर्मा मजगैयाँ, पत्रकार महासंघका पूर्व अध्यक्ष केबी मसाल,केशवकुमार शर्मा क्षितिजचन्द्र पुनमगरलगायले सुझावसहितको मन्तव्य व्यक्त गरेका थिए ।