२०८१ असोज २९ गते मङ्गलवार

अल्लोका कपडामा मानिसको आकर्षण

यमकला भुसाल,तुलसीपुर, माघ १९ । दाङको तुलसीपुरमा जारी महोत्सवमा अल्लोबाट बनेका सामाग्रीहरु प्रति मानिसहरुको आकर्षण देखिएको छ ।

अल्लोबाट निर्मित कोट,ज्वारीकोट, इस्टकोट, टोपी, चप्पल,जुत्ता,सल, झोला, पर्स लगाएतका सामान खरिद गर्नेहरुको संख्या व्यापक देखिएको छ ।

घोराहीमा रहेको चिनारी महिला साझेदारी अल्लो उद्योग समुहकी अनिता घर्ती मगरले तुलसीपुर महोत्सवमा अल्लोबाट निर्मित सामाग्रीको स्टल राखेकी छन् ।

‘सुरुमा अल्लोबाट निर्मित कपडाको बारेमा जानकारी नहुँदा उति बिक्री भएन,’ घर्तीले भनिन्–‘तर पछिल्लो समय बुझेपछि मानिसहरुको ठूलो आकर्षण बढेको छ ।’ उनको पसलमा एक सयदेखि सात हजार रुपैंया सम्मका कपडा विक्रिका लागि राखिएका छन् ।

दैनिक १० देखि १५ हजारसम्मको कपडा विक्रि हुने गरेको अल्लो उद्योगकी सर्मिला पुन मगरले बताइन । रक्तचाप, मघुमेह जस्ता रोग रोगीलाई अल्लोका कपडाले लाभ गर्ने मगरले दाबी गरिन ।

अल्लोको कपडा पाइने स्टलमा विभिन्न महिला उद्यमीहरुले आफैले उत्पादन गरेका कुसन, गुडिया, चुरा, लाछा डोरी, माला, साधारण डोरी, गमला, कपडा, चप्पल, दुना–टपरीहरु पनि बिक्रिका लागि राखिएको छ ।

अर्की उद्यमी लक्ष्मी वलीले महिलाहरुले उत्पादन गरेका स्थानीय बस्तुहरुको अझैं उचित प्रचार प्रसारको कमि रहेको बताइन । स्थानीय उपजको खपत, आयआर्जन र तथा त्यसवाट निर्मित सामाग्री मानव स्वास्थ्यका लागि लाभदायक रहेको उनको तर्क छ ।

चिनारी महिला साझेदारी अल्लो उद्योग समुहमा हाल एकसय बढी महिलाहरुले हाल अल्लोका सबै सामाग्रीहरु निर्माण गर्दै आएको उनले बताइन ।

तुलसीपुर महोत्सव महिला उद्यमी सघंकी सयोंजक सपना भण्डारीले महिलाको लगनसिलता उनीहरुलाई आत्मनिर्भर बनाउनुको साथै देशको अर्थतन्त्रमा टेवा समेत दिने हुँदा राज्यले यसमा थप सहयोग गर्नुपर्ने बताइन ।

हामीले पनि चाहे सबै काम गर्न सक्छौँ, सबै महिला सक्षम र आत्मनिर्भर बन्न जरुरी पनि छ ।’

 

 

 

 

प्रकाशित मिति : २०७६ माघ १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *