२०८१ चैत्र ३ गते आइतवार

 श्रद्धाञ्जली सभा सम्पन्न

तुलसीपुर,१८ माघ ।   नेपाल पत्रकार महाँसंघ दाङका साधारण सदस्य तथा रेडियो हाम्रो पहँुचका स्टेसन म्यानेजर वसन्त पौडेलका वुवा स्वर्गिय चन्द्रलाल पौडेलको ९ औं दिनको पुण्य तिथीका अवसरमा शनिवार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

नेपाल पत्रकार महाँसंघ दाङका सचिव भुपेन्द्र वलीको अध्यक्षतामा भएको कार्यक्रममा वोल्ने वक्ताहरुले पोैडेलको निधनले गाँउ सिंगो समाज र पत्रकारिता क्षेत्रले एउटा अविभावक गुमाएको बताउदै शोकलाई शक्तिमा बदल्नु पर्ने बताएका थिए ।

श्रद्धाञ्जली सभा कार्यक्रममा रेडियो हाम्रो पहुँच सञ्चालक समितीका अध्यक्ष शुक्रराज भण्डारी, नेपाल पत्रकार महाँसंघ दाङका सल्लाहकार दुर्गालाल केसी,नेपाल प्रेस युनियनका निवर्तमान अध्यक्ष सुशिल वस्नेत, प्रेस सेन्टरका केन्द्रिय सदस्य टिका वस्नेत लगाएतकाले बोलेका थिए ।

नेपाल पत्रकार महाँसंघ, प्रेस सेन्टर, प्रेस युनियन र प्रगतिशिल पत्रकार संघ दाङको संयुक्त आयोजनामा भएको कार्यक्रममा धन्यवाद स्वर्गिय पौडेलका कान्छा छोरा बसन्त पौडेलले गरेका थिए भने कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महाँसंघका सह–सचिव गोकर्ण पौडेलले गरेका थिए ।

तुलसीपुर उपमहानगरपालिका ७ स्थित हलवार निवासी पौडेलको ७० वर्षको उमेरमा माघ ९ गते निधन भएको थियो ।

 

 

प्रकाशित मिति : २०७६ माघ १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *