२०८१ असोज २४ गते बिहिवार

दक्ष युवाले नेतृत्व गरे शिक्षाको स्तर सुधार हुन्छ – प्रअ ओझा

यमकला भुसाल,
तुलसीपुर, माघ १८ । राजिव ओझा एक शिक्षक । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ स्थित मा.वि कालाखोलाका प्रधानाध्यापक छन । तुलसीपुर १५ का स्थायी बासिन्द उनी २०४२ सालमा जन्मिएका उनी सानै उमेरमा प्रधानाध्यापकको जिम्मेवारी पाउने युवा हुन ।

जस्ले गाउँघरकै बालमितेरी माविवाट स्कूले शिक्षा पुरा गरे । त्यतिबेला ओझासहित त्यो विद्यालयवाट एसएलसी उत्तिर्ण गर्ने जम्मा ४ जना मात्रै थिए । आइए÷विएक महेन्द्र बहुमुखी क्याक्पस घोराहीबाट पुरा गरे । उनको एैच्छिक विषय मेजर इङसिलस हो ।

बुटवल बहुमुखी क्याम्पस बाट वानएड विएड गरेका उनले त्रिभुवन विश्वविद्यालयवाट अंग्रेजीमा मास्टर्स गरे । विएको पढाई सकेपछि नै उनले २१ वर्षको उमेरदेखि भ्याली इङ्लिस स्कुल भालुवाङ्मा पढाउन सुरु गरे । त्यहाँ करिब १ वर्ष बढी पढाए । त्यसपछि आफ्नै गाउँ घर डुरुवाको मुना इङलिस स्कुलमा ६ वर्ष जति पढाए ।

उनी २०७४ साल असार २२ गतेदेखि मावि कालाखोलामा अस्थायी प्रधानाध्यापकको रुपमा आए । १ महिनापछि शिक्षा सेवा आयोगको परिक्षा दिए । लगतै स्थायी प्रधानाध्यापक भए । मेहनतको फल मिठो हुन्छ । क्रियासिल भए कुनैपनि क्षेत्रमा सफलता प्राप्त गर्न सकिन्छ ।

ओझाले सानैमा बाबु गुमाए । त्यसैले बाबुको मायादेखि बञ्चित हुनु पर्यो । घरका जेठा छोरा हुनुको नाताले पारिवारीक जिम्मेवारी एक किसिमले उनैमाथि आयो । उनको परिवार मध्यम वर्गिय थियो । घर गृहस्थिका कुरापनि हेर्नेपनि बाध्यता उनको कमजोर काँधमा थपियो । तर उनी विचलित भएनन् । जीवन संघर्षले भरिएको छ । उनले त्यो सानैदेखि सामना गरे ।

साइन्स पढ्ने सानै देखिको रहर थियो । तर, घोराहीस्थित बुहुमुखी क्याम्पसमा त्यतिबेला साइन्स विषयको पढाई हुँदैन थियो । पदमोदयमा त्यो पढाई हुन्थ्यो । तर आयस्रोत थिएन । उनी खर्च संग डराए ।
सरकारी क्याम्पसमा साइन्स पढ्न नेपालगञ्ज नै जानुपर्ने बाध्याता थियो । उनी त्यहाँ जान सकेनन् ।

आफुले मेजर इङ्लिस पढ्नुको कारण उनले खुलाए । जीवनमा उनलाई कहिलै निराशा हात परेन । उनी सरासर उत्तिर्ण भए ।

उनी भन्छन्– मेहनत गरे असफलता संग डराउनु पर्देन । एउटा ३४ बर्षीय युवाले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दा धेरैलाई सुरुमा नेतृत्व क्षमताको आशंका थियो । तर आज उनले हाँकेको मावि कालोखोलाले राम्रो गर्दै गएको छ । धेरै सुधार र परिवर्तनका संकेतहरु देखिन थालेका छन् । नेतृत्व असल भए, व्यवस्थापन पक्ष राम्रो गर्न सके सामुदायिक विद्यालय निजी विद्यालय भन्दा कुनैपनि मानेमा कमजोर नहुने उनको तर्क छ ।

स्रोत साधन र शिक्षक पनि सामुदायिक विद्यालयमै अब्बल छन् । तर, यस्ता विद्यालयहरुमा हुने राजनीतिक हस्तक्षेपका कारण थोरै समस्या रहेको उनको बुझाई छ । उनले आफ्नो विद्यालयमा कुनै राजनीति नहुने र मेहनत गर्ने शिक्षक तथा विद्यार्थीको उच्च कदर हुने धारणा राखे।

प्रकाशित मिति : २०७६ माघ १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *