२०८१ असोज २९ गते मङ्गलवार

रुपन्देहीमा मोटरसाईकल दुर्घटना हुँदा दुईजनाको मृत्यु


ललित पाण्डे,
रुपन्देही,माघ १७ । रुपन्देहीमा शुक्रवार साँझ भएको सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । थप तीन जना घाइते भएका छन् । त्यसमध्य एकजना गम्भीर घाइते भएका छन् ।
सैनामैना नगरपालिका वडा नं. ८ रामापुरमा शुक्रवार दिउँसो करिव ४ बजेतिर भएको सवारी दुर्घटनामा परि सैनामैना–७ वयरकट्टीका मोटर साइकल चालक २० वर्षीय सुदिप चौधरी र २० वर्षकै मोटरसाईकलको पछाडी सवार निवन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

दुर्घटनाका घाइते मध्य १६ बर्षीय सन्तराम चौधरीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घाइते चौधरीपनि मोटरसाईकलमै सवार रहेको प्रहरीले जानकारी दिएको छ ।

पश्चिमदेखि बुटवलतर्फ तीर्व गतिमा जाँदै गरेको लु ४२ प ७०९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएपछि एकै दिशातर्फ जाँदै गरेको लु २४ प ७४७२ नम्बरको स्कूटरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परि स्कूटरका चालक बुटवल–१३ सालघारी बेलबास निवासी तुलबहादुर गुरुङ सामान्य घाईते भएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै पूर्वदेखि पश्चिमतर्फ जाँदै गरेको लु ३५ प ५०१९ नम्बरको मोटरसाइकल चालक सैनामैना– ८ रामापुरका चन्द्रबहादुर क्षत्री र पैदलयात्री सोही ठाउँका भगवती न्यौपाने पनि सामान्य घाइते भएको प्रहरीले बताएको छ ।

तीन जना सवार उक्त मोटरसाईकलले अन्य विपरित दिशाबाट आइरहेको अर्कौ मोटरसाइकल र पैदलयात्रुलाई समेत ठक्कर दिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ माघ १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *