२०८२ जेष्ठ ३० गते शुक्रवार

बद्रीले आमाहरुलाई रुवाए, युवाहरुलाई नचाए


घोराही, माघ १७ । घोराही महोत्सवको सातौं दिन गायक बद्री पङ्गेनीले आमाहरुलाई रुवाएका छन् भने युवा वर्गलाई नचाएका छन् । दर्शकहरुले खचाखच भरिएको मञ्चमा गायक पंगेनी उक्लना साथ खुसीले दर्शकहरुले स्वागत गरेका थिए ।

‘दर्शकहरुको संख्या आज निकै उत्साहजनक थियो, आज हामी निकै खुशी भएका छौं,’ चेम्वर अफ कमर्स दाङकी सह–कोषाध्यक्ष लक्ष्मी अधिकारीले भनिन् ।

महोत्सवमा लोकप्रिया गायक बद्री पङ्गेनीले शुरुमा आमाहरुलाई लक्षित गरी विदेसिका छोराले छुट्टी नपाएर घर नआएको विषयलाई समेटेर गीत पस्किएका थिए । त्यो गीतले छोरा विदेश भएका आमाहरु रोए ।

त्यस लगत्तै बद्रीले युवाहरुलाई लक्षित गरी ‘पानी सलल’, ‘सुर्खेत वुलवुल ताल’, ‘ससुरालीमा’ लगायतका गीत गाएर युवालाई नचाएका थिए । बद्रीले ‘लाउचेली सिन्दुर लाउ, निको पार हृदयको गाउँ’ बोलको गीत पनि गाए ।

कार्यक्रममा चर्चित मोडले अञ्जली अधिकारीले विभिन्न नृत्य प्रस्तुत गरेकी थिइन । महोत्सवमा पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष टिकारम खड्का लगायत चेम्वरका अध्यक्ष श्रीधर महरा, निर्वतमान अध्यक्ष दीपक सुवेदी, उपाध्यक्ष घनश्याम अधिकारी, वलदेव योगी, महासचिव टिकादत्त खनाल, कोषाध्यक्ष विकास अग्रवाल लगायत चेम्वकार पदाधिकारी तथा सदस्यहरु नाचेका थिए ।

आज जीवन शर्मा आउने
शुक्रवार जनवादी गायक जीवन शर्मा आउने कार्यक्रम रहेको छ । शर्माको साथमा तिलक वली, रोशन रत्गैयाँ, ढाकाराम पौडेल, सुनिता दहित, दिक्षा सुनार आउने कार्यक्रम रहेको प्रचारप्रसार समितिका संयोजक कुमारराज श्रेष्ठले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७६ माघ १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *