२०७७ असोज १३ गते मङ्गलवार

गढवामा ससुराको छुरा प्रहारवाट बुहारीको मृत्यु

दाङ,माघ ९ । दाङको गढवामा ससुराको छुरा प्रहार वाट बुहारीको मृत्यु भएको छ । जिल्लाको गढवा गाउँपालिका वडा नं. ४ रामनगर निवासी ६५ बर्षीय कुलमान कुँवरको छुरा प्रहारवाट बुहारी २७ बर्षीया बशन्ता कुँवरको मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले जानकारी दिए । बुधवार बेलुका साढे ८ बजेतिर समान्ने घरायसी विवाद पछि ससुराले आफ्नी कान्छी बुहारी माथि छुराले पेट, ढाड र छातिमा आक्रमण गरि सक्त घाईते तुल्याएका थिए ।

गम्भीर घाइते अवस्थाकी बशन्तालाई लमहीको प्रारम्भीक उपचारपछि थप उपचारका लागि बाँके स्थित कोहलपुर मेडिकल कलेज लगिएकोमा साढे ११ बजे राति मृत्यु भएको डिएसपी खड्काले बताए ।

ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख एवं प्रहरी निरिक्षक भरत राठोरले हत्या आरोपी कुलमानलाई गएराति नै प्रहरीले नियन्त्रणमा लिइसकेको जानकारी दिए । आफुसंगै सुत्ने नाति विगत तीनदिन देखि सुत्न नआएपछि त्यो आरोप कुलमानले कान्छी बुहारी बशन्ता माथि लगाएपछि भएको सामान्ने विवादका क्रममा उनले छुरा प्रहार गरेको भन्ने खुल्न आएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ माघ ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *