२०८१ असोज २५ गते शुक्रवार

वाल विवाह न्यूनिकरण गर्न सरोकारवाला निकायलाई ज्ञापनपत्र

तुलसीपुर,८ माघ ।  समाजमा वातावरणीय शिक्षाको विकास (सीड) र जिरी नेपालको सहकार्यमा वाल विवाह न्यूनिकरण गर्न सरोकारवाला निकायलाई ज्ञापनपत्र बुझाईएको छ ।

दाङको दंगीशरण र शान्तिनगरमा वाल विवाह बढिरहेको भन्दै यसलाई न्यूनिकरण गर्नका लागि जिल्ला प्रशासन कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय दाङ, शान्तिनगर गाउँपालिका, दंगीशरण गाउँपालिका, ईलाका प्रहरी कार्यालय हेकुली, ईलाका प्रहरी कार्यालय खिलतपुरलाई ज्ञापनपत्र बुझाईएको हो ।

सो अवसरमा शान्तिनगर र दंगीशरण गाउँपालिकामा वाल विवाह न्यूनिकरण गर्न सरोकारवालाले प्रतिबद्धता जनाएका छन । पछिल्लो समय पश्चिम दाङका २ गाउँपालिकाहरुमा वाल विवाह गर्नेको संख्या न्यूनिकरण हुन नसकेको भन्दै स्थानीय तहका प्रमुख तथा सरोकारवाला निकायले बाल विवाह रोक्न एक भएर लाग्ने प्रतिबद्धता जनाएका हुन् ।

ज्ञानप्रत्र बुझ्दै शान्तिनगर गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले यस अघि पनि गाउँपालिकाले वाल विवाह न्यूनिकरण गर्न विभिन्न सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरेको भएपनि न्यूनिकरण हुन नसकिरहेको बताए ।

उनले भने,– मन्दिरका पुजारीहरुलाई वाल विवाह गर्न आएमा त्यो विवाह नगरिदिन पनि अनुरोध गरेका छौँ र अबको केही समयमा थारु समुदायका अगुवाहरुसंग पनि समन्वय गरी अघि बढ्ने छौँ ।

दंगीशरण गाउँपालिकाले पनि वाल विवाह न्यूनिकरण गर्न कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिका अध्यक्ष भागीराम चौधरीले बताए । वाल विवाह न्यूनिकरण गर्न सामाजिक रुपमा निकै चुनौति भएपनि यो चुनौतिलाई जसरी पनि पार गर्नुपर्ने उनले बताए ।

पछिल्लो समय वाल विवाह धेरै मात्रामा हुने गरेको भएपनि लिखित रुपमा निवेदन नआउँदा वाल विवाह न्यूनिकरणमा चुनौति देखिएको ईलाका प्रहरी कार्यालय हेकुलीका प्रमुख जीवनविक्रम शाहले बताए ।

त्यस्तै ईलाका प्रहरी कार्यालय खिलतपुरका निमित्त प्रमुख देवराज ओलीले पनि वाल विवाह हुँदा घरेलु हिंसा र सम्बन्ध विच्छेदका घटना भईरहेको भन्दै आफुहरुले गाउँगाउँमा सचेतना प्रदान गरिरहेको बताए ।

सो अवसरमा सीडका कार्यक्रम संयोजक माधव चौधरी, वाल सञ्जालका खिमबहादुर बस्नेत, युवा क्लबका नवीन देवकोटा, सजित मिँया, महिला सञ्जालका सीता चौधरी, सामाजिक परिचालक शारदा बस्नेत, सीता चौधरीलगायतको सहभागीता रहेको थियो ।

 

 

 

 

 

 

प्रकाशित मिति : २०७६ माघ ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *