२०८१ चैत्र ४ गते सोमवार

बिद्युत मिटर वितरण गर्ने प्रक्रिया प्रभाबकारी बनाउन नेबिसंघको आग्रह

तुलसीपुर,८ माघ ।  नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र तुलसीपुरले बिद्यतु मिटर बितरण गर्ने समयलाई प्रभाबकारी बनाउन नेबिसंघले आग्रह गरेको छ ।

प्राधिकरणले हप्ताको एक दिन सोमबार मात्र बिद्यतु मिटरको निबेदन दर्ता गर्ने र प्रक्रियालाई अगाडी बढाउने कार्य गर्दै थियो ।

तर एक दिन मात्र मिटरका लागि निबेदन दर्ता र प्रक्रियाको काम गर्दा सेवाग्राहीहरुले प्रभाबकारी सेवा पाउन नसक्ने भएकाले हप्तामा ६ दिन नभए पनि कम्तिमा २ दिन गराउनुपर्ने माग गरिएको राप्ती बबई क्याम्पसका स्ववियु सभापति एवं नेविसघंका नेता अनील कार्कीले जानकारी दिए ।

नयाँ मिटर जडानको लागी पश्चिम दाङको बबई गाँउपालिका,शान्तिनगर गाँउपालिका लगाएतका ठाउँबाट सेवाग्राही आउने गरेको भएपनि एक दिन मात्र बिद्यतु मिटर बितरणको काम हुने हुदाँ सेवाग्राहीलाई समस्या हुने गरेकोले मगंलवार बिद्यतु प्राधिकरण बितरण केन्द्र तुलसीपुरमा गई प्रमुख (ईन्जीनियर) जगननाथ लामिछानेलाई यो सेवालाई थप प्रभाबकारी बनाउन आग्रह गरिएको नेविसघंका नेता बिदुरराज गौतमले जानकारी दिए ।

उनले भने,–एक दिन मात्र बिद्यतु मिटर बितरणको काम हुने हुदाँ सेवाग्राहीलाई सेवा लिन कठिन हुने भएकाले प्राधिकरणमा पुगी सकारात्मक रुपमा बिद्युत मिटर वितरण गर्ने प्रक्रिया प्रभाबकारी बनाउन नेबिसंघको आग्रह गरेका छौँ ।

त्यस्तै बिद्यतु प्राधिकरण बितरण केन्द्र तुलसीपुरमा गई प्रमुख लामिछानेले एकदिनमै काम सकिने भएकाले पनि सोमबार एक दिन मात्र बिद्यतु मिटर बितरणको समय तोकिएको र अब हप्तामा २ दिन सोमबार र बिहीबार निबेदन दर्ता र मिटर बितरण प्रक्रियाको कामको तयारी भई रहेको बताए ।

उनले निबेदन दर्ता देखि सबै प्रक्रिया पुरा गर्नुपर्ने भएकाले बिद्यतु मिटर जडान गर्न जाँदा कमर्चारीले भ्याउन नसक्ने जिकिर बताए । अहिले प्राधिकरण केन्द्रमा झण्डै ४४ हजार सेवाग्राही रहेको र ४८ जना कर्मचारीले सेवा दिदाँ कठिन भएको उनको भनाई छ ।

साथै उनले माघ महिना कर्मचारीको सरुवा हुने महिना भएकाले सेवा दिन केही समस्या भएको र आगामी दिनमा थप कर्मचारी आए माग अनुसारको सेवा दिने प्रतिबद्धता समेत जनाए ।

सो अवसरमा नेपाल विद्यार्थी सघं तुलसीपुर उपमहानगरपालिका सयोंजक राजिब पाण्डे,नेविसघंका नेता प्रभास लामिछाने,नेता सुसील वलि लगाएतको सहभागीता रहेको थियो ।

 

 

प्रकाशित मिति : २०७६ माघ ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *