दाङ,६ माघ । तुलसीपुरबाट सोमवार ६ जुवाडेसहित ७ जना पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित भण्डारी खाजा घरबाट सोमवार दिउँसो प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा हेमन्त वली, मिनकेतन गिरी, वासुदेव भण्डारी, सेबेन्द्र देवकोटा,भरतमणि शर्मा, पुष्करबहादुर भण्डारी र खाजा घर सञ्चालक विजय भण्डारी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी हरिहरनाथ योगीले जानकारी दिए ।
उनीहरुको साथबाट ४३ हजार आठ सय ७० रूपैंया बरामद भएको डिएसपी योगीले बताए ।
पक्राउ परेका सबैलाई ईप्रका तुलसीपुर पक्राउ परेकाहरु विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरको दफा १२५ मुद्दा चलाउने तयारी गरेको छ ।
प्रहरीले भोलि मात्रै म्याद थपका लागि उनीहरुलाई घोराही लगिने बताएको छ ।
प्रकाशित मिति : २०७६ माघ ६ गते सोमवार