२०८१ असोज २४ गते बिहिवार

भोलिदेखि पानी रोकिने

तस्बिर : राजेश खत्री

दाङ,माघ ३ । पश्चिमी वायुको प्रभावले विगत तीनदेखि जारी वर्षा भोलि (शनिवार)देखि रोकिने अनुमान गरिएको छ । भोलिमात्र पानी पर्ने वायु प्रणाली कमजोर हुने अनुमान गरिएको छ । भोलिदेखि पानी पर्न क्रम रोकिए पनि केही दिन न्यूनतम तापक्रम घट्ने हुँदा जाडो भने कायमै रहने अनुमान गरिएको छ ।
पानी पर्ने क्रम शुक्रबार दिनभर जसो जारी रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

दिउँसोमा केहीबेर रोकिए पनि फेरि बेलुका पानी पर्ने क्रम चल्ने जानकारी दिइएको छ ।

शुक्रवार उच्च हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । पछिल्लो २४ घन्टामा दाङमा २७ मिलिमिटर वर्षा भएको जल तथा मौसम विभाग कार्यालय घोराहीले जानकारी दिएको छ । सबैभन्दा धेरै भैरहवामा ३९ मिलिमिटर, वीरेन्द्रनगरमा २४, पोखरामा २३,काठमाडौंमा २१ र सिमरामा १८ मिलिमिटर मिलिमिटर वर्षा भएको छ। लगातारको हिउँदे वर्षाको कारण सामान्ने जनजीवन प्रभावित भएको छ ।

प्रकाशित मिति : २०७६ माघ ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *