२०८१ असोज २५ गते शुक्रवार

कोहलपुर १२ का वडा अध्यक्षले किन गरे आत्महत्या ?


दाङ,माघ ३ । कोहलपुर नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्षले आत्महत्या गरेका छन् । ६८ बर्षीय कृष्णबहादुर खड्काले बैंकको ऋणतिर्न नसकेको कारण खुलाउँदै आत्महत्या गरेको मृत्यु पत्रमा लेखेका छन् ।

उनले पुस २९ गते भारतको बहराइचस्थित शंकर होटेलमा विषादीको सेवन गरि आत्महत्या गरेका थिए । उनको शुक्रवार अन्तेष्टिको तयारी भइरहेको छ ।

कोहलपुरका मेयर लुटबहादुर राउतले वडा अध्यक्ष खड्काले विषादी सेवन गर्नु भन्दा पहिले लखेको पत्रमा बैंकेले ऋण बाफत लिएको रकम बुझाउन भनेर निकै ताकेता गरेको हुँदा त्यो सहनगर्न नसकेर आत्महत्या गरेको भन्ने कुरा उल्लेख गरेको जानाकरी दिए । वडा अध्यक्ष खड्का गत स्थानीय निर्वाचनमा पूर्व नेकपा एमाले वाट निर्वाचित भएका थिए ।

उनको शिद्धार्थ बैंकमा २२ लाख रुपैंया ऋण रहेको र त्यो ऋण तिर्न बैंकले ताकेता गरेको भन्ने कुरा मृत्यु पत्रमा उल्लेख गरेको मेयर राउतले जानकारी दिएका छन् ।

बैंकको ऋणतिर्ने सवालमा छोराहरुले समेत आफुलाई कुनै सहयोग नगरेको भन्ने कुरापनि वडा अध्यक्ष खड्काले पत्रमा लेखेका छन् ।

भारतको बहराईचस्थित शंकर होटेलमा विषादी सेवन गरि आत्महत्या गरेका उनले होटेल साहुलाई कुनैपनि दुःख नदिन आग्रह समेत पत्रमार्फत गरेका छन् ।

जाजरकोटवाट बसाई सरेर कोहलपुर आएका वडा अध्यक्ष खड्का पुस २९ गते विहान ७ बजेतिर सुर्खेतको मेहलकुना जान भनी घरबाट निस्केको पारिवारीक स्रोतले बताएको छ ।

प्रकाशित मिति : २०७६ माघ ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *