२०८१ साउन ९ गते बुधवार

नेशनल प्यावसन दाङको २२ औँ स्थापना दिवस

यमकला भुसाल,तुलसीपुर,२८ पुस ।  राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसीएसन ( नेशनल प्यावसन) दाङले २२ औँ स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ । आइतवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो ।

नेशनल प्यावसन दाङका अध्यक्ष भिमबहादुर बुढाथोकीको अध्यक्षतमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेशनल प्यावसन प्रदेश नं ५ सयोजक सुबोध कुमार डाँगीले २२ औँ वर्षमा प्रबेश गर्दै गर्दा नेशनल प्यावसन दाङले धेरै सामाजिक उत्तरदायीत्वको भुमिका निर्वाह गरेकोे बताए ।

कार्यक्रममा नेशनल प्यावसन केन्द्रिय सदस्य प्रकाश कुमार शर्माले स्थापना दिवसमा प्रत्येक वर्ष विभिन्न सघंसस्थालाई सहयोग गर्दै विभिन्न कार्यक्रमहरु गरिरहेको बताए ।

सो अवसरमा रासस दाङ प्रमुख नारायणी रजौरे,नेपाल पत्रकार महासघं दाङका सहसचिव सर्मिला डिसी,रिपोर्टस क्लव दाङका अध्यक्ष सरद रेग्मी,जेष्ठ नागरिक समाज तुलसीपुरका अध्यक्ष खुमानन्द अधिकारी,गिनिज बुकमा नाम लेखाउन लाग्नुभएको अभियान्ता ऋशिश्वर परियार लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

स्थापना दिवसका अवसरमा हातले टेकेर गिनिज बुकमा नाम लेखाउन लागेका भियान्ता ऋशिश्वर परियारलाई नगद ८ हजार रुपैया आर्थिक सहयोग गरिएको थियो भने जेष्ठ नागरिक समाज तुलसीपुरलाई टेवल,चेवनप्रास लगाएतका सामाग्रीहरु बितरण गरिएको थियो ।

नेशनल प्यावसन दाङका बरिष्ठ उपाध्यक्ष बिमल गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव ठाकुर डाँगीले गरेका थिए ।

यसैबिच स्थापना दिवसकै अवसरमा नगरस्तरीय तुलसीपुर ऐन प्यावसनको आर्थिक सहयोगमा असाहय बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण पनि गरिएको छ ।

दाङको बिजौरीमा रहेको श्री असाहय बालविकास नेपालका १७ जना बालबालिकाहरुलाई करिब ६० हजार बराबरको शैक्षिक सामाग्री,कापी,कलम,सिसाकलम,ड्रिस लगाएतका सामाग्री सहयोग गरिएको तुलसीपुर ऐन प्यावसनका अध्यक्ष भोजराज न्यौपानेले जानकारी दिए ।

 

 

प्रकाशित मिति : २०७६ पुष २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *