२०८१ असोज २५ गते शुक्रवार

महतोको पहिलै हत्या गरि टिप्परले किचेको प्रहरी आशंका

धनुषा, पुस २७ । धनुषाको मिथिला नगरपालिका वडा नं. –५ श्रीपुरका २४ वर्षीय दिलीपकुमार महतोलाई पहिला हत्या गरेर पछि टिप्परले किचेको आशंका प्रहरीले गरेको छ ।

धनुषा प्रहरीले शनिबार बेलुका पत्रकार सम्मेलन गरी महतोलाई ना ७ ख ६४१३ नम्बरको टिपरले किच्नुअघि कोखामा घोचेको घाउ फेला परेको जानकारी दिएको छ ।

प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले पत्रकार सम्मेलनमा महतोको दाहिने छातीको कोखा छेडिएको अवस्थामा शव फेला परेको बताए । लिभर जस्तै कुनै औजारले छाति छेडेरे पछि सुताएर किचेको आशंका गर्ने ठाउँहरु प्रारम्भीक अनुसन्धानले देखाएको बस्नेतले बताए ।

पोस्टमार्टम रिपोर्ट आइसकेपछि त्यसबारे पूर्णरूपमा बताउन सकिने उनले जानकारी दिए । प्रहरीले महतोको हत्यामा संलग्न भएको आशंकामा धनुषाका चार युवालाई पक्राउ पछि सार्वजनिक गरेको छ ।

जसमा मिथिला नगरपालिका–५ का २७ वर्षीय क्रसर सञ्चालक विपीनकुमार महतो, वडा नम्बर–९ का ३४ वर्षीय टिप्पर चालक मुनिन्द्र महतो, महोत्तरी बर्दिवास नगरपालिका वडा नम्बर–२ का लोडर चालक जितेन्द्रकुमार महतो र मिथिला वडा नम्बर ५ का रोशन यादव रहेको प्रहरीले बताएको छ ।

औरही खोलाको बगरमा टिपरले बालुवा गिट्टी चोरी गरी लागिरहेका बेला महतोले त्यसको विरोध गर्दै आएका थिए । शुक्रबार एकाविहानै महतोको शब टिप्परले किचेको अवस्थामा फेला परेको थियो ।

 

 

प्रकाशित मिति : २०७६ पुष २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *