२०८१ असोज २४ गते बिहिवार

हवल्दारले आफैंले गोली हानेर अत्महत्या गरे

जाजरकोट, पुस २७ । जाजरकोटको ईलाका प्रहरी कार्यालय दल्लीमा कार्यरत प्रहरी हवल्दार भोजबहादुर कठायतले आत्महत्या गरेका छन् ।

३५ वर्षीय कठायतले आइतवार विहान आफैंले कन्चटमा गोली हानेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

बाजुरा जिल्ला निवासी हवल्दार कठायत विगत चार महिनादेखि नलगाड नगरपालिका वडा नम्बर ७ स्थित ईप्रकामा कार्यरत थिए ।

उनले किन आत्महत्या गरे भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

 

प्रकाशित मिति : २०७६ पुष २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *