दिप्तीशिखा चौधरी, २७ पुस, दंगीशरण । दंगीशरणमा संचालन भएको दुई दिने माघि मेलामा स्थानीय थारु कलाकारहरुले पुराना लोककला देखाए । कार्यक्रममा प्रश्तुत गरिएको महोट्या नाचले बृद्धहरुलाई मनोरञ्जन दियो ।
कलाकारहरुको प्रश्तुतीले साच्चिकै हिजोका दिनमा त्यसरी नै शोषित ,पिडीत भएर बसेका थिए । अनी यसैगरी माघिमा आफनो पिडा र दु.ख साट्थे ।
घरपरिवारलाई एकै ठाउँ जम्मा गर्ने पर्व र थारुहरुको नयाँ बर्ष, नयाँ कामको थालनी गर्ने यो पर्व एक आपसमा सद्भाव, सहिष्णुता दर्शाईरहेको थियो । यस्तै मेलामा प्रश्तुत गरिएको मघौटा नाचले माघीमा महिलाहरुको स्वतन्त्र हुने दिलाई झल्काईरहेको थियो ।
सधैँ काम र दुख गर्ने महिलाहरु यो पर्वलाई आफनो स्वतन्त्र हुने पर्वको रुपमा लिने गर्दछन् भने छोक्रा नाचले हरेक पर्वमा रमाईलो गर्ने नाचको रुपमा लिने गरिन्छ ।
दंगीशरणमा संचालन भएको मेला थारु समुदायका लागि एक उत्सव दिनको रुपमा संचालन भएको थियो । दुई दिन सम्म चलेको मेलामा थारु समुदायको थारु लोक कला लोक सस्ंकृतीलाई प्रश्तुत गरिएको थियो ।
थारु लोककलाकारको समुह पुरस्कृत
दुई दिन सम्म संचालन भएको माघी मेलामा लोक नाच, सस्ंकृती प्रश्तुत गर्ने दंगीशरणका थारु कलाकारहरु विभीन्न स्थान हासील गरि पुरस्कृत भएका छन् ।
मघौटा नाच प्रश्तुत गर्ने वडा न.१ गोलटाकुरी पहिलो स्थान हासील गर्न सफल भएको छ भने वडा न. ५ खलुवाचिस दोस्रो र वडा न. ७ सिम्ठानाको समुह तेस्रो स्थान हासील गर्न सफल भएका थिए ।
यस्ते छोक्रा नाच तर्फ वडा न. ३ रावतगाउँ पहिलो, वडा न. ६ थपगाउँ दोस्रो र वडा न. ७ वुटनीया तेसा्रे स्थान हासील गरेका थिए । यस्तै महोट्या नाच प्रश्तुत गर्ने वडा न. ३ रावतगाउँ पहिलो, वडा न. ४ बैबाङ दोस्रो र वडा न. ५ डाडाँचिस तेस्रो स्थान हासील गरेका थिए । सखिया नाच प्रश्तुत गर्ने वडा न. ३ हेकुली पहिलो, वडा न. ५ कुमलगडि दोस्रो र वडा न. ४ सुकदेवा तेस्रो स्थान हासील गरेका थिए भन यूवाहरुले प्रश्तुत गरेको आधुनीक थारु नृत्यमा वडा न. ४ कि जिवीका रेउले प्रथम, बसन्ती चौधरी द्धितीय र रावतगाउा वडा न. ३ का कलाकारहरु तृतीय स्थान गर्न सफल भएका थिए ।
विजेता हुने कलाकारहरुलाई दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी , उपाध्यक्ष पिमा कुमारी खड्का, प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेले नगद र सम्मान पत्र प्रदान गरेका थिए ।
माघि मेला कार्यक्रम सयोंजक श्रीप्रशाद चौधरीको अध्यक्षतामा शनीवार कार्यक्रम सम्म्पन गरिएको थियो । कार्यक्रमको शहजीकरण माघि मेलाका सदस्य सचिव मस्तविर चौधरीले गरेका थिए ।
दंगीशरण माघि म्यालम जाई ,हेरैटि गैलक थारु लोक सस्ंकृती बचाई भन्ने मुल नाराका साथ दुई दिन दंगीशरणमा माघि मेला २०७६को आयोजना गरिएको हो । मेलामा दंगीशरणबासीको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो ।