२०८२ असार ३१ गते बुधवार

तुलसीपुर नगर जेसीजको पदभार ग्रहण

तुलसीपुर,२७ पुस । तुलसीपुर नगर जेसीजको ८ औँ पद हस्तान्तरण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

तुलसीपुर नगर जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी मेघराज घिमिरेले वर्ष २०२० का अध्यक्ष जेसी मोहन सुनारलाई पद हस्तान्तरण गरेका हुन ।

वर्ष २०१९ का अध्यक्ष जेसी मेघराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल जेसीज वर्ष २०२० का अध्यक्ष जेसी अशोक शंकरले जेसीज संस्था युवाहरुको नेतृत्व विकास गर्ने पाठशाला भएको बताए ।

उनले काम गर्दा सबैसगं समन्वय र सहकार्य गर्दै अगाडी बढन नवनिवाचित कार्यसमितीलाई आग्रह समेत गरे । कार्यक्रममा नेपाल जेसीज २०२० का राष्ट्रिय कार्यकारी उपाध्यक्ष जेसी लालमणी भण्डारी वर्ष २०१८ का अध्यक्ष जेसी दिपेश भण्डारी लगाएतले मन्तव्य व्यक्त गरे ।

त्यस्तै सो अवसरमा जेसीज संस्थालाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने दर्जनौँ व्यक्तीहरुलाई सम्मान एवं मायाको चिनो बितरण गरिएको थियो ।

तुलसीपुर नगर जेसीज वर्ष २०१९ का कार्यकारी उपाध्यक्ष जेसी माधव न्यौपाने ( समिर) को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वर्ष २०२० का नवनिर्वाचित अध्यक्ष जेसी मोहन सुनारले गरेका थिए ।

 

 

प्रकाशित मिति : २०७६ पुष २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *