२०८२ असार ३१ गते बुधवार

रेडक्रस घोराही उपशाखाको साधारण सभा

विवेक खड्का,घोराही, पुस २६ । नेपाल रेडक्रस सोसाइटी घोराही उपशाखाको नवौं साधारण सभा शनिवार भएको छ । नेपाल रेडक्रस सोसाइटी घोराही उपशाखा सभापति थम्मन चौधरीको अध्यक्षता एवं ५ नं. प्रदेशसभा सदस्य अमरवहादुर डाँगीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रदेशसभा सदस्य डाँगीले रेडक्रस मानवतावादी संस्था भएकाले सामाजिक सेवा गर्नु यसको धर्म भएको बताए । कुनैपनि विपत्तिमा गतिशिल भएर लाग्न उनले अनुरोध गरे ।

कार्यक्रममा रेडक्रस सोसाइटी घोराही उपशाखाका संस्थापक सभापति रामदयाल गुप्ता, पुर्व अध्यक्ष नरेशजंग राना, रेडक्रसका जिल्ला सभाषद सुन्दर गौतमले सामाजिक दायित्व पुरा गर्न गतिशिलता महत्वपुरर्ण हुने धारणा राखे ।

त्यसक्रममा घोराही उपमहानगरपालिकाका वातावरण तथा विपद व्यवास्थापन शाखा प्रमुख उमेश रेग्मीले विपद व्यवस्थापन तथा जोखिम न्यूनिकरणमा उपमहानगरपालिकाले गरेको कार्यको चर्चा गरेका थिए ।

कार्यक्रममा लैंगीक समनता तथा समावेशिकरण उपसमिति संयोजक सावित्रा राना, नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाखा सचिव गणेश लम्साल लागाएतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

रेडक्रसकी उपकोषाध्यक्ष उषा सुवेदीको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रममा उपशाखा सचिव इन्द्रबहादुर वुढाथोकीले रेडक्रसको प्रगती प्रतिवदेन र कोषाध्यक्ष चिरन्जिबी वुढाथोकीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

 

प्रकाशित मिति : २०७६ पुष २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *