यमकला भुसाल,तुलसीपुर, पुस २६ । लियो क्लव अफ तुलसीपुरका पदाधिकारीले शनिवार पदभार ग्रहण गरेका छन् ।
केही समय पहिला चुनिएका क्लवका अध्यक्ष धुर्वराज न्यौपानेसहित कार्यसमितिका पदाधिकारीले क्लव अफ दाङका पुर्व अध्यक्ष बिनोदकुमार क्षेष्ठबाट सपथ तथा पदभार ग्रहण गरेका हुन ।
पदभार ग्रहणसँगै उक्त कार्यसमितिले औपचारिक रुपमा जिम्मेवारी पाएको छ । कार्यक्रम लायन्स क्लव अफ तुलसीपुरका अध्यक्ष यज्ञबहादुर केसीको अध्यक्षतामा भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का अध्यक्ष बिरेन्द्रकुमार शाहले निस्वार्थ भावले सामाजिक सेवा गर्न सके समाज परिवर्तन गर्न सम्भव रहेको बताए ।
‘समाज परिर्वतनमा लियोको भुमिका महत्वपुर्ण छ,युवामा भएको जोस जाँगरले सबै क्षेत्रमा परिवर्तन ल्याउन सक्छन्,’ शाहले भने
कार्यक्रममा लायन्स क्लव अफ तुलसीपुरका पुर्व अध्यक्षहरु राजेन्द्रकुमार क्षेष्ठ,सुरेस हमाल,लियो क्लव अफ तुलसीपुरका सल्लाहाकार शरद रेग्मी लगाएतले लायन्ससंग सहकार्य गर्दै लियोले समाजमा सकरात्मक कार्यहरु गर्न सुझाएका थिए ।
त्यसक्रममा लियोका अध्यक्ष न्यौपानेले सकरात्मक र प्रभावकारी कार्यहरु गर्दै जाने प्रतिवद्धता व्यक्त गरेका थिए । बोनम्यारो पीडित चौधरीलाई २० हजार सहयोग त्यसक्रममा बोन म्यारो पीडित प्रिन्स चौधरीलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
चौधरीको उपचारमा सहयोग पुगोस भनेर लियो क्लव अफ तुलसीपुरले १० हजार र लायन्स क्लव अफ तुलसीपुरले १० हजार १ सय संकलन गरेर २० हजार १ सय रुपैंया बोनम्यारो पीडित चौधरीका बुबा प्रकाश चौधरीलाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमको सहजिकरण लियो क्लव अफ तुलसीपुरका सचिव सन्तोष केसीले गरेका हुन ।