शंकर केसी,
सल्यान, पुस २५ । कपुरकोट गाउँपालिकाले सम्पूर्ण शिक्षकहरुलाई तालिम दिएको छ । गाउँपालिका भरिका सम्पूर्ण विद्यालयका शिक्षकहरुलाई विद्यालयका हरेक तथ्यांकहरुलाई कसरी प्रविधिको प्रयोग मार्फत अद्यावधिक गर्ने तथा अक्षरांकन पद्धतिमा नतिजा प्रकाशन गर्ने भन्ने बारे तालिम प्रदान गरिएको हो ।
तालिमको प्रशिक्षकमा शैक्षिक सूचना प्रणालिका प्रशिक्षक दामोदर शर्मा थिए । दुई दिने तालिमको कालिका मावि कपुरकोटमा गाउँपालिका अध्यक्ष भिमबहादुर सेनले उद्घाटन गरेका हुन ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीले विकसित भएका नयाँ उपकरणहरू शिक्षण सामग्रीका रूपमा प्रभावकारी रूपमा प्रयोग गर्न सकिने धारणा राखे । शिक्षा शाखा प्रमुख कृष्ण भण्डारीले प्रविधिले सिकाइमा आनन्द प्राप्त हुने तथा सिकाई उपलब्धि मुलक बन्ने तर्क गरे । तालिममा २० जना शिक्षकहरु सहभागी छन् ।