तुलसीपुर,२२ पुस । पुस २३ गते तुलसीपुरमा हुन गइरहेको तुलसीपुर क्षेत्र स्तरिय माघी बिशेष सांस्कृतिक कार्यक्रमको तयारी पुरा भएको छ ।
नमुना भुइँह्यार थान समितिले मंगलवार तुलसीपुरमा पत्रकार सम्मेलन गरि कार्यक्रमको तयारी पुरा भएको जनाकारी दिएको छ ।
नमुना भुइँह्यार थान समिति तुलसीपुर ५ जवरपुरको आयोजनामा एक दिने माघी सांस्कृतिक कार्यक्रम गर्न लागिएको समितिका अध्यक्ष रामशरण चौधरीले जानकारी दिए ।
आफ्नो कला संस्कृतिलाई सरक्षण गर्ने उद्देश्यले माघीको सन्दर्भमा उक्त कार्यक्रम गर्न लागेको उनले बताए । कार्यक्रममा विभिन्न नाँचहरु प्रस्तुत गरिने छ । भने जेष्ठ नागरिक सहित विभिन्न महटवाहरुलाई सम्मान पनि गरिने भएको छ ।
भोली बुधवार विहान ११ वजे नमुना भुइँह्यार थानबाट थारुहरुको पहिचान झल्किने झाँकी सहितको ¥याली निकाल्ने अध्यक्ष चौधरीले बताए । त्यो ¥याली तुलसीपुर बजारको परिक्रमा पछि पुनः भुइँह्यार थानमा गएर कोण सभामा परिणत हुने चौधरीले जानकारी दिए ।
रिपोर्टस क्लव दाङका अध्यक्ष सरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा थारु अगुवा रोहीत चौधरी,छोटीलाल चौधरी लगाएतले बोलेका थिए । कार्यक्रमको सहजीकरण नमुना भुइँह्यार थान समितिका उपाध्यक्ष नारायण चौधरीले गरेका थिए ।
उक्त कार्यक्रमलाई प्रतिनिधि सभाका सदस्य हिराचन्द्र केसीले सम्बोधन गर्नेछन । साथै एक दिने सांस्कृतिक कार्यक्रममा उपस्थितीका लागी सबैमा आग्रह समेत गरिएको छ ।