२०८१ साउन ९ गते बुधवार

दाङका एक युवाको मलेसियामा मृत्यु

दाङ,पुस २२ । दाङको शान्तिनगर गाउँपालिका निवासी एक युवाको मलेसियामा मृत्यु भएको छ ।
गाउँपालिकाको वडा नं. ६ सुनडवरी निवासी २३ बर्षीय गोविन्दबहादुर रोकाको सोमवार मृत्यु भएको छ ।
गाउँपालिकाका प्रबक्ता रवि बुढाथोकीले दिएको जानकारी अनुसार मंसिर ५ गते एकाएक बेहोस भएपछि अस्पताल लगिएका थिए ।
रोकाको उपचारका क्रममा मलेसियामा नै मृत्यु भएको भन्ने जानकारी परिवारका सदस्यले दिएको गाउँपालिकाका प्रबक्ता बुढाथोकीले बताए ।
रोका ४ बर्ष पहिले बैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका थिए । उनको शव नेपाल ल्याउने बारेमा कुरागर्न परिवारका सदस्य काठमान्डौं जाने तयारी गरिरहेको पनि गाउँपालिकाका प्रब क्ता बुढाथोकीले जानकारी दिए ।
प्रकाशित मिति : २०७६ पुष २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *