दाङ,पुस २० । दाङ प्रहरीले नेत्र विक्रम चन्द(विप्वल) समुहका एकजना कार्यकर्तालाई आइतवार दिउँसो पक्राउ गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी अर्जुन शाहीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएका साधा पोशाकका प्रहरीले पश्चिम दाङवाट पक्राउ गरेका थिए ।
जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईले त्यसको पुष्टि गर्दै शाहीमाथि अनुसन्धान सुरु भएको जानकारी दिए । पक्राउ परेका शाहीमाथि गत स्थानीय तहको निर्वाचनमा तुलसीपुरमा बम विस्फोट गराएको आरोप रहेको प्रहरी स्रोतले बताएको छ ।
त्यो वम विष्फोटमा परि तुलसीपुर ११ निवासी म्यादी प्रहरी २३ बर्षीय विनोद चौधरीको मृत्यु भएको थियो ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अरनिको मैदानमा सम्बोधन गर्ने क्रममा त्यसको नजिकै अज्ञात समुहले गराएको उक्त बम विष्फोटमा परि अन्य सर्वसाधारण पनि घाइते भएका थिए ।
प्रकाशित मिति : २०७६ पुष २० गते आइतवार