तुलसीपुर,पुस १७ । दाङको घोराहीबाट प्रकाशित हुदै आएको गणतन्त्र राष्ट्रिय दैनिकको १३औ बार्षिक उत्सवको पूर्व सन्ध्यामा बिहीबार तुलसीपुरमा रक्तदान तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ ।
प्रादेशिक अस्पतालको कालीकादेवी रक्त सञ्चार केन्द्र तुलसीपुरमा कार्यक्रम गरिएको हो ।
पत्रिकाका तुलसीपुर प्रमुख यमकला भुसालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रताप पोख्रेल थिए ।
उनले सञ्चार क्षेत्रले देश र नागरिकका लागि खेलेको भूमिकाको बारेको चर्चा गरे । कार्यक्रमलाई सम्वोधन गर्दै तुलसीपुर उद्योग बाणिज्य संघका पूर्ब अध्यक्ष बिमल रिजालले सामाजिक उत्तरदायित्व बहनमा पत्रिकाले निर्वाह गरेको भूमिका अहम रहेको भन्दै प्रसंशा गरे ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय महासचिब सुशिल बस्नेतले राप्ती प्रादेशिक अस्पतालको बिकास र रक्त सञ्चार सेवाको सेवा समयअनुकुल प्रभावकारी बनाउन सबैले भूमिका खेल्नुपर्ने बताए ।
पत्रकार समेत रहेका उनले स्थानिय तहबाट सञ्चार संस्थाहरुलाई हेर्ने दृष्टिकोण समान हुन नसकेको बताए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का सदस्य एबम पत्रकार सुरेश श्रेष्ठ,राष्ट्रिय समाचार समिति राप्ती प्रमुख नारायणी रजौरे लगायतले सञ्चार क्षेत्रको भूमिका र गणतन्त्र राष्ट्रिय दैनिकको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रमको सहजिकरण पत्रकार शरद रेग्मीेले गरेका हुन ।