२०८२ असार ३० गते मङ्गलवार

भूवनेश्वर पौडेलको घरमा खानतलासी गर्ने विप्लवका कार्यकर्ता भएको दाबी

दाङ,पुस १७ । ठिक एक हप्ता अगाडि गत विहीवार एका विहानै बबई गाउँपालिका अध्यक्ष भूवनेश्वर पौडेलको घरमा हतियारसहित पुगेका केही व्यक्तिहरु विप्लवका कार्यकर्ता रहेको दाबी गरिएको छ ।

एकजना प्रहरी अधिकारीले हतियारसहित अध्यक्ष पौडेलको घरमा पुग्नेहरु सरकारद्धारा हाल प्रतिवन्धित नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता रहेको भन्ने खुल्न आएको भन्ने दाबी गरेका छन् ।

ती प्रहरी अधिकारीले त्यहाँ पुग्ने व्यक्तिको समेत पहिचान गरिसकेको दाबी गरे । ती व्यक्तिहरुलाई पक्राउ गर्न अदालत संग पक्राउ पूर्जी माग गरिएको उनले बताए । उनीहरु गाउँपालिकका अध्यक्षलाई अपहरण गर्ने उदेश्यका साथ पुगेको हुन सक्ने उनले आशंका व्यक्त गरे ।

घटनावारे विप्लव नेतृत्वको नेकपाले भने कुनैपनि आधिकारिक प्रतिक्रिया दिइएको छैन ।

वडा अध्यक्ष पौडेललाई खोज्दै घरमै पुगेका अपरिचित हतियार धारी चारजना व्यक्ति घर भित्र प्रवेश गरि घरको खानतलासी समेत गरेका थिए ।

तर,त्यहाँ वडा अध्यक्षलाई फेला नपारेपछि उनकी पत्नि कमला पौडेललाई ‘तेरो श्रीमान कहाँ छ?’ भन्दै पेस्तोल देखाउँदै हातपात समेत गरेका थिए । यो घटना पुस १० गते विहान सवा ५ बजे भएको थियो ।

घटना भएकै दिन गाउँपालिका प्रबक्ता टंकराज विश्वकर्माले जारी गरेको प्रेस विज्ञप्तिमा पनि त्यो कुरा उल्लेख छ । यो घटनापछि राष्ट्रिय युवा संघ दाङले बबईको हापुरे बजारमा दोषीलाई कारबाहीको माग गर्दै शुक्रबार हापुरे बजारमा बिरोध प्रर्दशन समेत गरेको थियो ।

नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त र सचिब लक्ष्मी आचार्यले शुक्रबार बक्तव्य जारी गर्दै घटनामा संलग्नलाई पहिचान गरी कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासनसंग माग गरेका थिए ।

 

 

 

प्रकाशित मिति : २०७६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *