२०८१ साउन ९ गते बुधवार

दार्मा खोलामा १ करोड ८७ लाखको पक्की पुल निर्माण सुरु

किरण गौतम, सल्यान, पुस १७ । दार्मा गाउँपालिका सल्यानको केन्द्र फारुलाचौर जोड्ने दार्मा खोलामा पक्की पुल निर्माणको काम सुरु भएको छ ।

एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष निमबहादुर केसीसहितको जनप्रतिनिधिको टोलीले विहीवार पुलको शिलान्यास गरेको हो ।

पुलको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष निमबहादुर केसीले गाउँपालिकामा बाह्रै महिना यातायात सुचारु गर्ने उद्देश्यका साथ पुललाई प्राथमिकतामा राखिएको तर्क गरे ।

वर्षाको समयमा सधैँ बाटो अबरुद्ध हुने समस्याको अन्त्य अर्को वर्ष नआउने उनले विश्वास गरे । गाउँपालिकाले सडकलाई प्राथमिकताका साथ अगाडि बढाएको भन्दै उनले २ वर्षभित्रमा गाउँपालिकाका बस्तिहरुमा सडक पु¥याउने लक्ष्य प्रस्तुत गरे ।

रारेचौर–फारुलाचौर सडकखण्डको दार्माखोलामा निर्माण हुने उक्त पुल प्रदेश सरकारको १ करोड ८७ लाख २ हजार ८ सय ८२ रुपैयाँको लागतमा निर्माण हुन लागेको हो ।

लक्ष्मण जेभी भरतपुर चितवन निर्माण कम्पनीले २०७७ असार २० गतेभित्र काम पुरा गर्नेगरी काम सुरु गरेको छ । पुलको चौडाइ ७.२ मिटर र लम्बाइ २५ मिटर रहेको गाउँपालिकाका प्राविधिक प्रकाश खड्काले जानकारी दिए ।

पुलको दुवैतर्फ पैदल यात्रीका लागि ६०÷६० सेन्टिमिटर छुट्याइएको उनले बताए । पुल निर्माणका लागि स्थानीय सडक पुल कार्यक्रम (एलआरबिपी), स्थानीय सडक पुल सहयोग इकाई (एलआरबिएसयू) मानभवन ललितपुर नेपाल तथा स्वीस सरकार विकास सहयोग एसडिसीको प्राविधिक सहयोग रहेको छ ।

 

 

प्रकाशित मिति : २०७६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *