२०८२ असार २७ गते शनिवार

प्रर्यटनलाई आर्थिक संबृद्धिसंग जोड्न आवश्यक ः प्रदेश सभामुख घर्ती

यमकला भुसाल,तुलसीपुर, पुस १७ । प्रदेशसभाका सभामुख पुर्णबहादुर घर्तीले प्रर्यटनलाई आर्थिक संबृद्धिसंग जोड्नुपर्ने बताएका छन् ।

भ्रमण वर्ष २०२० लाई सफल रुपमा मनाउन तुलसीपुर उपमहानगरपालिकाले बुधवार राप्ती शान्ति उद्यानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दे उनले त्यस्तो बताएका हुन ।

उनले भने–‘आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्र एक हो । अब नेपाली जनताको संबृद्धिका लागि आर्थिक गतिलाई बलियो बनाउन जरुरी छ ।’ नेपाल सरकारले नेपाल भ्रमण बर्ष २०२० मा २० लाख प्रर्यटकहरु भित्रयाउने लक्ष्य पुरागर्न हरेक जिल्लामा पर्यटन क्षेत्रको विकाश गर्न जरुरी रहेको उनले बताए ।

त्यसका लागि धार्मिक र सांस्कृतिक परम्पराको संरक्षण गर्न ब्यबस्थित योजना निर्माण गर्न आबश्यक रहेको उनको तर्क थियो ।

कार्यक्रमका विशिष्ट अतिथि प्रदेश नं ५ का सांसद इन्द्रजित थारुले पर्यटकीय, धार्मिक, सांस्कृतिक रितिरिवाज र पम्पराहरुको संरक्षण तथा संर्वधनमा लाग्न विदेशी पर्यटकपनि भित्र्याउन आवश्यक रहेको जोड दिए ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर वडा नं ७ का अध्यक्ष टोपबहादुर केसी,नगरस्तरिय प्रर्यटन प्रबद्धृन समितिका सयोजंक रुपबहादुर खत्री,नेपाल पत्रकार महासघं दाङका सहसचिव सर्मिला डिसी लगाएतले भ्रमण वर्ष सफल पार्न सबैले हातेमालो गर्न जरुरी रहेको बताएका थिए ।

राप्ती शान्ति उद्यानका अध्यक्ष डिल्लीबहादुर भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण पत्रकार बसन्त आचार्यले गरेका थिए ।

 

 

प्रकाशित मिति : २०७६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *