दाङ,पुस १७ । देउखुरीको दोलैई खोलामा माटो मुनि गाडेर लुकाई राखेको काठ प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी सिसहनियावाट खटिएको प्रहरी टोलीले राप्ती गाउँपालिका वडा नं. ८ दोलैई खोलामा माटोले पुरेर लुकाई राखेको करिव ४४क्यूफिट सालको काठ बरामद गरेको छ । ३३ इञ्चदेखि ५३ इञ्च सम्मका सालका गोलिया खोलामा माटोले पुरेर राखेको बेवारिसेअवस्थाको सालको काठ १५ गते राति प्रहरीले बरामद गरेको हो ।
उक्त काठलाई सव डिभिजन कार्यालय मसुरियामा बुझाएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७६ पुष १७ गते बिहिवार