तुलसिपुर,पुस १४ । रिपोटर्स क्लब नेपालको प्रदेशस्तरिय भेला दाङमा हुने भएको छ ।
क्लबका प्रदेश नम्बर ५ का अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा सोमबार बसेको बैठकले प्रदेश भेला पुस महिनाको अन्तिम सातामा दाङमा गर्ने निर्णय गरेको हो ।
त्यसअवसरमा क्लब केन्द्रीय अध्यक्ष ऋषि धमला सहित १२ जिल्लाका पत्रकार,नागरिक अगुवा, बिभिन्न दलका नेताहरु दाङमा आउने जानकारी दिइएको छ ।
कार्यक्रममा जिल्ला र प्रदेशमा बिभिन्न क्षेत्रबाट योगदान पुर्याएका उद्योगी, व्यापारी, ,सुरक्षाकर्मी र दुई जना पत्रकारलाई पुरस्कृत गरिने दाङ शाखाका महासचिब बिमल गौतमले बताएका छन् ।
प्रकाशित मिति : २०७६ पुष १४ गते सोमवार