रक्तदान, विशेष सम्मान, पुरस्कार वितरण, स्थलगत अनुगमन, र एकसय बढि बालबालिकालाई सहयोग गरिने
घोराही, पुस ९ । गणतन्त्र राष्ट्रिय दैनिकले आफ्नो १३ औं वार्षिकोत्सबमा विभिद् कार्यक्रम गर्ने भएको छ ।
पत्रिकाले पुस १६ गतेदेखि १८ गतेसम्म वार्षिकोत्सबको अबसरमा रक्तदान, बालबालिकालाई सहयोग देखि पुरस्कार एवं सम्मान वितरण कार्यक्रम गर्ने भएको छ । वार्षिकोत्सबको समापन कार्यक्रमलाई सम्बोधन गर्न प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोख्रेल आउने भएका छन ।
पुस १८ गते घोराहीस्थित मालाइनको ठूलो हलमा आयोजना हुन लागि रहेको पुरस्कार वितरण एवं सहयोग हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्न मुख्यमन्त्री पोख्रेल दाङ आउन लागेको पत्रिकाका प्रकाशक सम्पादक सविन प्रियासनले जानकारी दिए ।
वार्षिकोत्सबको अबसरमा पुस १६ गते देखुरीका विभिन्न पर्यटकीय स्थलहरुको स्थलगत अनुगमन र अन्रक्रिया कार्यक्रम हुने छ भने १७ गते तुलसीपुरमा रेडक्रस र व्लड वैंकसँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
यसैगरी १८ गते दिउँसो घोराहीमा रक्तदान, पुरस्कार वितरण एवं सहयोग हस्तान्तरण कार्यक्रम गर्न लागिएको पत्रिकाले जनाएको छ । कार्यक्रममा पत्रिकामा आबद्ध सञ्चारकर्मी र कर्मचारीहरुलाई पुरस्कार प्रदान गरिने छ भने समाजमा विशिष्ठ योगदान पु¥याएका विभिन्न व्यक्तिहरुलाई विशेष अभिनन्दन गर्न लागिएको छ ।
यस वर्ष पत्रिकाले पद्मोदय पव्लिक नमूना उमावि, सरस्वती मावि काठेकोहल, बालमन्दिर घोराहीका असहाय, अशक्त, दलित, विपन्न र जेहेन्दार गरी एक सय बढि विद्यार्थीहरुलाई सहयोग गर्न लागि रहेको छ ।