तुलसीपुर,पुस ९ । खण्डग्रास सुर्य ग्रहणमा तुलसीपुरका सम्पूर्ण क्याम्पस र विद्यालयहरुमा विदा दिइने भएको छ ।
तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिले ग्रहणको समयमा विद्यार्थीहरुको आँखा र स्वास्थ्यमा गम्भिर असर गर्ने भन्दै विद्यालयहरुमा सार्वजनिक विदा घोषणा गरेको हो ।
विहिवार विहान ८ वजेर ४२ मिनेटदेखि ११ वजेर ३१ मिनेट सम्म ग्रहण देखापर्ने भएकाले विदा घोषणा गरिएको पनि शिक्षा समिति संयोजक देवराज विकद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । ।
उनले ग्रहणको समयमा वाहिर ननिस्कनका लागि अनुरोध समेत गरेका छन् । खण्डग्रास ग्रहणलाई नाङ्गो आँखाले नहेर्न पनि सचेत गराइएको छ ।
नाङ्गो आँखाले ग्रहण हेरे आँखाको ज्योति गुम्न सक्ने वा आँखामा दीर्घकालीन समस्या आउने सक्ने बताइएको छ ।
प्रकाशित मिति : २०७६ पुष ९ गते बुधवार