२०८२ जेष्ठ ४ गते शुक्रवार

मानसिक स्वास्थ्य प्रति परिवार,समाज र राज्य संवेदनशिल हुनुपर्ने

यमकला भुसाल,
तुलसीपुर,पुष ८ । तुलसीपुरमा मानसिक स्वास्थ्य विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मगंलवार महिला पुर्नस्थापना केन्द्र (ओरेक) दाङको आयोजना एवं जनस्वास्थ्य महाशाखा तुलसीपुरको सहकार्यमा उक्त कार्यक्रम भएको हो । कार्यक्रमा बोल्ने बक्ताहरुले मानसिक स्वास्थ्य प्रति परिवार,समाज र राज्य संवेदनशिल हुनुपर्ने बताएका छन । उनीहरुले मानसिक रोगको न्युनीकरणका लागी राज्यले स्वास्थ्य मानसिक संवेदनशिल बजेट निमार्ण गर्नुपर्ने र मानसिक स्वास्थ्य चेतना अभिबृद्धि अभियान सञ्चालन गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाल काउन्सेलर एसोशिएसनका बिजय शर्मा आचार्यले मानसिक स्वास्थ्यका कारण नेपालमा कुल जनसङ्याको ३ देखि ४ प्रतिशत अर्थात,२ करोड ६४ लाख ९४ हजार ५ सय ४ जना मध्ये १० लाख ६० हजार मानिसहरु कडा खालको मानसिक रोगबाट ग्रसित रहेको बताए ।

उनले नेपालमा प्रयाप्त मात्रामा मानसिक रोगको उपचार केन्द्र नहुँदा यस रोगका मानिसहरु बढ्दै गएको बताए । नेपालको कुल जनसङ्या मध्ये ८४ लाख ७८ हजार २ सय ४० जना मानिसहरु मानसिक समस्यामा रहेको पनि बताए । साथै उनले नेपालमा सन् १९९७ मा मानसिक स्वास्थ्य सम्बन्धी विभिन्न निति नियमहरु बने पनि कार्यान्यवनमा नआउँदा समस्या भएको बताए ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख ओम प्रकाश न्यौपानेले मानसिक रोगका व्यक्तीहरुका लागी पारिवारीक सहयोग,सहयोगात्मक मनोपरामर्श सामाजिक क्षमता विकास तालिम आवश्यक रहेको बताए । साथै उनले कडा खालका मानसिक रोगका व्यक्तीलाई समयमै औषधी उपचार गर्न सके निको हुने समेत बताए।

सो अवसरमा शान्तीनगर गाँउपालिका वडा न ं ६ का रवि बुढाथोकी,घोराही उपमहानगरपालिका वडा नं १३ का अध्यक्ष रिवलाल घर्ति,तुलसीपुर उपमहानगरपालिका वडा नं १५ का अध्यक्ष लक्ष्मण चौधरी,महिला अधिकारकर्मी सुस्मा गिरी लगाएतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण ओरेक दाङका कार्यक्रम संयोजक दिपा धितालले गरेकि थिइन् ।

प्रकाशित मिति : २०७६ पुष ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *